४ पुस २०८२, शुक्रबार | December 19, 2025

आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ : प्रधानमन्त्री प्रचण्ड



चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिपरिषद् विस्तार गरी मन्त्रीहरुको शपथ गराउने तयारीमा रहेको बताएका छन् ।

चितवनको भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आजै बेलुका मन्त्रिपरिषद विस्तार गर्ने लक्ष्य रहेको बताएका हुन् । उनले सकभर आज नभए भोलि बिहान मन्त्रिपरिषद विस्तार गर्ने उनले बताए ।

‘सकेसम्म यहाँबाट १ बजे फर्केर जाने र आजै मन्त्रिमण्डल विस्तार गरेर शपथ ग्रहण गराउने मेरो लक्ष्य छ’, प्रचण्डले भने, ‘आज नसकिए भोलि बिहान होला, काम त हाम्रो सकिएको छ । एक दुईटा मन्त्रालय थोरै मिलाउन बाँकी छ । बाँकी टुंगिएको छ ।’

प्रचण्डले राजनीतिक स्थायित्वलाई नयाँ गति दिने सङ्कल्पसहित यसपटक आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको पनि बताए । उनले चितवनको विकासमा आफु लागिरहने प्रतिवद्धता पनि जनाए ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  ११ : ५४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको