१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

पशुपतिनाथको प्राचीन, ऐतिहासिक तथा धार्मिक महत्व छ : राष्ट्रपति पौडेल



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथको प्राचीन, ऐतिहासिक तथा धार्मिक महत्व रहेको बताएका छन् ।

आज पशुपतिनाथ क्षेत्रमा श्री राधामाधव समिति नेपालद्वारा जगतगुरु श्री कृपालुजी महाराजको स्मृतिमा निर्माण तथा व्यवस्थापन हुँदै आएको ऐतिहासिक पौराणिक महत्वको वनकाली उद्यानको उद्घाटन गर्दै उनले पशुपतिनाथ मन्दिर नेपालको महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यस्थल भएको बताए । पशुपतिमा पूजाआजा र दर्शन सकेपछि केही समय वनकाली उद्यानविश्रामका लागि बगैँचामा मनमोहक वातावरणमा रमाउने गरी यस उद्यानलाई अझ व्यवस्थित गर्न जरुरी रहेको उनको भनाइ छ ।

“हिन्दू धर्मावलम्वी तथा पर्यटकसमेत आउने यस पावन तीर्थस्थललाई यथोचित रुपमा व्यवस्थित गर्न यस वनकाली उद्यानको विशेष महत्व रहेको छ”, उनले भने ।

राष्ट्रपति पौडेलले पशुपति क्षेत्र विकास कोष पशुपति क्षेत्रको वृहत्तर हितका लागि स्थापित स्वायत्त र अविच्छिन्न उत्तराधिकारवाला संस्था भएकाले यस परिसरभित्र पूजाआजा र अन्य व्यवस्थापनका सम्पूर्ण काम पशुपति क्षेत्र विकास कोषबाट हुनुपर्ने बताए ।

पशुपति मन्दिर परिसरभित्रको सुरक्षा, सम्भार र विकासमा तल्लीन पशुपति क्षेत्र विकास कोषलाई वनकाली उद्यान हस्तान्तरण भएपछि अझ संरक्षण र विकास हुने उनको भनाइ छ ।

“पशुपतिनाथको प्राचीन, ऐतिहासिक तथा धार्मिक महत्व छ । स्वदेश तथा विदेशका तमाम हिन्दू धर्मावलम्वी तथा पर्यटकसमेत आउने यस पावन तीर्थस्थललाई यथोचित रुपमा व्यवस्थित गर्न यस वनकाली उद्यानको विशेष महत्व छ”, उनले भने ।

पशुपति क्षेत्रको विकासका लागि वृहत् गुरुयोजना निर्माण गरी यस क्षेत्रको विकास गर्न उनले सुझाव दिए । पशुपति क्षेत्रमा स्वच्छ पिउने पानी, व्यवस्थित शौचालय, पार्किङ्, इन्टरनेट, सूचना बोर्ड, सुरक्षा व्यवस्था जस्ता आधारभूत र अत्यावश्यक सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन सबैको ध्यान जान जरुरी रहेको राष्ट्रपति पौडेलले बताए ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  ३ : ०० बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो