३० असार २०८३, मंगलबार | July 14, 2026

कविता : ‘उपियाँको साम्राज्य हो त्यो!’



निमुखा र गरिबको
रगत र पसिना चुसेर
ठडिएको महल, महल हैन त्यो !
म भन्छु
उपियाँको खाडल हो त्यो !

…………

आफ्नो स्वार्थको लागि
अघि पछि नाचिरहेर
चुसि चुसि खोक्रो पार्ने
नियति हो त्यो !

…………

सुनको थालमा खाइ, चुठेर
सामाजिक संजालमा खोक्रो
गरिबी माया देखाउने
नाटकीय प्रदर्शनी हो त्यो !
म भन्छु
उपियाँको रङ्गमञ्च हो त्यो !

…………

आफ्नाबारे आफै प्रचार गर्ने
एउटा माध्यम हो त्यो
कसैले तपाईं भनोस नभनोस
आफै मपाईंं गर्न लडने ठाउँ हो त्यो !
म भन्छु
उपियाँको खेल मैदान हो त्यो !

…………

देखावटी संसारलाई छारो हाल्ने
रंगिन कपडा पछाडि लुकेको
वास्तविक कालो धन हो त्यो !
म भन्छु
उपियाँको दैनिकि हो त्यो !

…………

उपियाँको खाडल हो त्यो !
उपियाँको नियति हो त्यो !
उपियाँको रङ्मन्च हो त्यो !
उपियाँको खेल मैदान हो त्यो !
उपियाँको दैनिकी हो त्यो !

म भन्छु
उपियाँको साम्राज्य हो त्यो !

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ९ : ५८ बजे

उपराष्ट्रपति यादव कतार प्रस्थान

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव आज अपराह्न कतार प्रस्थान गरेका

प्राज्ञिक सुधार र सुशासनमा केन्द्रित हुन प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौं । विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले विश्वविद्यालयलाई दलीय राजनीतिक गतिविधिमुक्त

मिडियामा गाडी पार्किङ घटनामा जोसुकै भएपनि छानबिन र कारबाही हुनुपर्छ : रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारमाध्यमको

प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको

विपद् जोखिम न्यूनीकरण प्रभावकारी बनाउन सभामुखद्वारा सरकारलाई रुलिङ

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले विपद् जोखिम न्यूनीकरणमा प्रभावकारी