३० असार २०८३, मंगलबार | July 14, 2026

प्रधानमन्त्री प्रचण्डले भेटे मिटरब्याज पीडितलाई, न्यायिक अधिकारसहितको उच्चस्तरीय आयोग गठन



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मिटरब्याज पीडितले आज भेट गरेका छन् ।

बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटवार्ता भएको प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । भेटमा प्रधानमन्त्री दाहालसमक्ष पीडितले मिटरब्याजबाट मुक्त गर्न आग्रह गरेको थियो ।

उनीहरुसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले समस्या समाधानमा सरकार गम्भीर भएर लागेको जानकारी दिएको उनको सचिवालयले जनाएको छ ।

तराईबाट ११ दिन हिँडेर केही दिनअघि काठमाडौं आइपुगेका मिटरब्याज पीडित न्याय नपाएसम्म नफर्किने भनेर बसिरहेका छन् । उनीहरुसँग गृहमन्त्रालयले तीन चरणको वार्ता गरिसकेको छ ।

अधिकारसम्पन्न आयोग गठन गर्नुपर्नेलगायतका माग भने गृहमन्त्रालयले सम्बोधन गरिसकेको छ । शुक्रबार उपप्रधानमन्त्री एवं नवनियुक्त गृहमन्त्री नारायणकाजी श्रेष्ठले कार्यभार सम्हालेपछि मिटरब्याज पीडितको समस्या समाधानका लागि अधिकार सम्पन्न आयोग गठन गर्ने पहिलो निर्णय गरेको र आउँदो मन्त्रिपरिषद्मा प्रस्ताव लिएर जाने जानकारी दिए ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ११ : २३ बजे

वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को सञ्चालक

विपद् उद्धारमा हेलिकोप्टर, ड्रोन र राफ्टिङ सेवा परिचालन गर्न सम्झौता

काठमाडौं । विपद्का घटनामा खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी

उपराष्ट्रपति यादव कतार प्रस्थान

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव आज अपराह्न कतार प्रस्थान गरेका

प्राज्ञिक सुधार र सुशासनमा केन्द्रित हुन प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौं । विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले विश्वविद्यालयलाई दलीय राजनीतिक गतिविधिमुक्त

मिडियामा गाडी पार्किङ घटनामा जोसुकै भएपनि छानबिन र कारबाही हुनुपर्छ : रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारमाध्यमको