१४ बैशाख २०८३, सोमबार | April 27, 2026

लुम्बिनीमा हाफ म्याराथन प्रतियोगिता हुँदै


१९ चैत्र २०७९, आइतबार  

728
Shares

लुम्बिनी । अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा ‘शान्ति र समृद्धिका लागि खेलकुद’ भन्ने मूल नारासहित यही चैत २३ गते बुद्ध जन्मस्थल लुम्बिनीमा पुरुष तथा महिला खुला हाफ म्याराथन प्रतियोगिता आयोजना गरिने भएको छ ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीद्वारा आयोजित सो प्रतियोगिताको पुरस्कार रु एक लाख ५० हजार राशि रहेको छ । शान्ति भूमि लुम्बिनीमा २१ किलोमिटर हाफ म्याराथनको तयारी अन्तिम चरणमा पुगेको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए । लुम्बिनीको मायादेवी मन्दिर, शान्ति दीपलगायतका क्षेत्रलाई मध्यभागमा पारी २१ किमी परिक्रमा गरिने जनाइएको छ । प्रतियोगिताका विजेताले पुरुषतर्फ रु एक लाख ५० हजार र महिलातर्फ रु एक लाख ५१ हजार पुरस्कार राशि राखिएको उनले बताए ।

यसैगरी पुरुष तथा महिला दुवैतर्फका द्वितीयलाई रु ७५ हजार, तृतीय स्थानलाई रु ५० हजार, चौथो स्थानका लागि रु ३० हजार र पाँचौँ स्थानका लागि रु २० हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगितामा देशका जुनसुकै स्थानका कुनै पनि उमेर समूहका खेलाडीले खुलारूपमा प्रतिस्पर्धा गर्न पाउने कार्यक्रमका संयोजक मोहनबहादुर घलेले जानकारी दिए । म्याराथन प्रतियोगिताका लागि यही चैत २० गतेसम्म दर्ताको अन्तिम मिति रहेको छ भने चैत २२ गते स्वास्थ्य परीक्षण हुने छ ।

एकेडेमीले सोही दिन राष्ट्रिय भेलाको समेत आयोजना गर्ने भएको छ । भेलामा ७७ वटै जिल्लाका सबै स्थानीय तहबाट प्रतिनिधि सहभागी हुने जनाइएको छ । भेलामा विभिन्न खेल विधाका प्रदर्शन र विभिन्न कला, संस्कृति झल्कने नृत्य प्रस्तुत गरिने आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  १० : ५९ बजे

दाउन्नेको पूर्वी खण्डमा एकतर्फी ढलानको काम अन्तिम चरणमा

नवलपरासी । नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत नवलपुरको पूर्वी खण्डको दाउन्ने

६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी । धवलागिरि गाउँपालिका–४ बगरमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत्

पोखरा सभागृह पुनर्निर्माण गरिने

पोखरा । पोखरा सभागृहलाई पुनर्निर्माण गर्दै सुविधासम्पन्न बनाइने भएको छ

सुरक्षित गर्भपतन सेवा असुरक्षित : रोकिएन अकालमा आमाहरुको मृत्यु

काठमाडौं । विक्रम संवत् २०७६ चैत ११ देखि २०७७ साउन

अस्पतालहरुको सेवाको गुणस्तर सुधार गर्न निर्देशन

। जिल्लाका सरकारी, निजी अस्पताल र स्वास्थ्य संस्थाका व्यवस्थापक एवं