४ पुस २०८२, शुक्रबार | December 19, 2025

विद्यार्थी खोज्दै मल्पी इन्टरनेशनल स्कुलका संचालकहरु बुटवलमा



बुटवल । शैक्षिक क्षेत्रमा फरक पहिचान दिएको दाबी गर्दै आएको मल्पी ईन्टरनेशनल स्कुलले बुटवलमाएक कार्यक्रम गरेर अभिभावकहरुलाई विद्यालयका विशेषताहरु जानकारी गराएको छ । विद्यालयमा नया शैक्षिक सत्र शुरु भएसंगै बुटवलका अभिभावकहरुलाई लक्षित गरी स्कुलले अभिमुखिकरण कार्यक्रम संचालन गरेको हो ।

अभिमुखिकरणका लागि बुटवल आएका स्कुलका संचालक तथा अधिकारीहरुले अन्य स्कुलहरु भन्दा मल्पीले छुट्टै पहिचान दिन सकेको दाबी गरे । उनीहरुले पूर्ण आवासिय र घरेलु वातावरणमा अध्यापन गराईने भएकाले मल्पी गुणस्तरिय शिक्षा लिने असल गन्तब्य बन्न सक्ने बताए । २४ औ सताब्दीको नागरिक जन्माउने उद्देश्यका साथ मल्पीले आफ्नो शैक्षिक गतिबिधि गरिरहेको उनीहरुको भनाई छ ।

कार्यक्रममा बोल्दै मल्पीकाएकेडेमीक कोअर्डिनेटर जिवनाथ अर्यालले २३ वर्षअघि स्थापना भएका विद्यालयले गुणस्तरीय शिक्षाको लागि विदेश जाने प्रवृत्ति रोक्न सफल भएको बताए । उनले काठमाडौका ५० जना संस्थापकहरुबाट २१ औ शताब्दीको आवश्यकता अनुसार गुणस्तरीय र ब्यवहारिक शिक्षा प्रदान गर्न विद्यालय स्थापना गरिएको बताए ।

विद्यालयको विशेषताहरुको वर्णन गर्दै उनले स्कुल भित्र विभिन्न समुदाय स्थापित गरी विद्यार्थीहरुमा सिकाईको भावना विकास गर्ने गरिएको जानकारी दिए । विद्यार्थीहरुलाई विषयगत नेता बनाउने गरि शैक्षिक कार्यक्रम संचालन गरिएको दाबी गर्दै उनले मल्पीमा अध्ययन गरेका विद्यार्थीहरु हरेक क्षेत्रमा अगुवा बन्ने खुबी राख्न सक्ने जनशक्ति हुने बताए ।

स्कुलले अन्तर्राष्ट्रिय एक्सचेञ्ज कार्यक्रम अन्तर्गत पोल्यान्ड, अमेरिका, डेनमार्क, सिगापुर, मलेसिया, भारत लगायत देशका विद्यार्थी र मल्पिका विद्यार्थीहरु बीच संस्कृति आदानप्रदान र पढाईको ज्ञान दिदै आएको पनि उनले बताए ।

काठमाडौबाट ३० किलोमिटर र बनेपादेखि ७ किलोमिटरको दुरीमा विद्यालय रहेको छ । स्वच्छ वातावरण, सुन्दर र शान्त वातावरणमा रहेको छ ।विद्यालयको ३ सय विद्यार्थीहरुलाई आवासिय सेवा दिनसक्ने क्षमता छ ।

स्कुलले शैक्षिक, फिजिकल, कोकरिकुलर, सोसियल रुपमा क्षमतावान बनाउने लक्ष्य राखिएको विद्यालयका प्रधानाध्यापक चन्द्रायन प्रधान श्रेष्ठले बताए । उनले २१ औ शताब्दीको माग अनुसार शैक्षिकमात्र नभई आजको समयमा जीवन जिउने सीप विकासको ज्ञान दिने गरिएको बताए । यसैगरी शिक्षकहरुलाई समेत प्रिप्राईमेरी, प्राईमेरी, सेकेण्डरीका तालिम दिने गरिएको पनि उनले बताए ।

विद्यालयका पुर्व अभिभावक डा अखिलेश चौधरी तथा पुर्व विद्यार्थी हिसिला शाक्यले विद्यालयको वातावरण धेरै राम्रो रहेको दाबी गरे । विद्यालयले एकपटक विद्यालयमा अवलोकन भ्रमण गर्ने गरि आउन बुटवलका अभिभावकहरुलाई आमन्त्रण पनि गरेको छ ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ९ : ५१ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज