३ पुस २०८२, बिहिबार | December 19, 2025

उपनिर्वाचनमा हुने छैनन् माओवादी उम्मेदवार



काठमाडौँ । आफ्नो नेतृत्वको सरकार टिकाउन र सत्ता गठबन्धनलाई निरन्तरता दिन भन्दै बैशाख १० गते हुने उप निर्वाचनमा माओवादी केन्द्रले उम्मेदवार नउठाउने भएको छ । वैशाख १० गते हुने तनहुँ–१, चितवन–२ र बारा–२ मा हुने उपनिर्वाचनमा माओवादीले आधिकारिक उम्मेदवार नउठाउने भएको हो ।

माओवादीले चितवन र तनहुँमा कांग्रेस उम्मेदवारलाई सघाउने छ भने बारामा जसपा उम्मेदवारलाई सघाउने छ । चितवन २ मा माओवादीले सत्ता साझेदार दल कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई, तनहुँ १ मा कांग्रेसका गोविन्द भट्टराईलाई र बारा २ मा जसपाका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने निर्णय भएको माओवादीले जनाएको छ । समानूपातिक मत ८ हजार ४०७ रहेको चितवन २ मा कांग्रेस नेता श्रेष्ठलाई सघाउने निर्णय भएको माओवादी केन्द्रका चितवन जिल्ला संयोजक आरसी अधिकारीले बताए ।

समानुपातिकमा ७ हजार ३२६ मत रहेको तनहुँमा पनि माओवादीले कांग्रेस उम्मेदवार भट्टराईलाई समर्थन गर्ने निर्णय भएको माओवादीकी केन्द्रीय सदस्य आशा कोइरालाले बताइन् । तनहुँका स्थानीय माओवादी नेताहरूले पार्टीकै उम्मेदवार उठाउन दवाव दिएपनि अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले कांग्रेस उम्मदवारलाई सघाउन निर्देशन दिएको तनहुँका एक माओवादी नेताले बताए ।

उता बारामा पनि यसअघि जसपाले जितेकाले माओवादीले जसपाका उम्मेदवार यादवलाई सघाउने निर्णय गरेको माओवादी केन्द्रका सचिव गणेश साहले बताए ।

माओवादीले तनहुँ १ बाट चुनाव लड्न पार्टी कोषाध्यक्ष श्रीराम ढकालसहित ओमकुमारी पौडेल, क्षितिज लामिछाने सूर्यबहादुर गौलीको नाम सिफारिस गरेको भएपनि पहिलो नम्बरमा सिफारिस भएका ढकालले चुनाव नलड्ने घोषणा गरेपछि माओवादीले कांग्रेस उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेका हो ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  १२ : २५ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको