काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने व्यवस्था गरेको छ ।
निर्वाचन कार्यतालिका अनुसार सोमबार उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध उजुरी दिनका लागि आजलाई समय तोकिएको आयोगले जनाएको छ ।
चितवन–२, तनहुँ–१ र बारा–२ मा आगामी वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवारप्रति चित्त नबुझेमा वा उम्मेदवारीमा कुनै कानुनी कैफियत भए उजुरी दिन सकिने आयोगले जारी गरेको कार्यतालिकाका उल्लेख छ । आज परेका उजुरीउपर चैत २२ गते छानबिन गरी सोही दिन उम्मेदवारको नामावली प्रकाशन गर्ने आयोगले सार्वजनिक गर्ने निर्वाचन आयोगले बनाएको कार्यतालिकामा लेखिएको छ ।
आयोगको कार्यतालिका अनुसार उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि चैत २३ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समयमा उम्मेदवारी फिर्ता लिन सक्नेछन् । सोही दिन उम्मेदवारको अन्तिम नामावली प्काशन हुनेछ । आगामी बैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म उपनिर्वाचनका लागि मतदान गराउने निर्वाचन आयोगको तयारी छ ।



















प्रतिक्रिया