८ पुस २०८२, मंगलबार | December 23, 2025

रविको राहदानी विवादसम्बन्धी रिटको सुनुवाइ न्यायाधीश सिन्हाको इजलासमा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध परेको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुन लागेको छ ।

न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा सुनुवाइ हुन लागेको हो । युवराज पौडेल ९सफल० ले दिएको रिटमा लामिछानेले झुटा विवरण दिएर राहदानी बनाएको अभियोगमा मुद्दा चलाउन नपर्ने भनी महान्यायाधिवक्ताले गरेको निर्णय दुराग्रहपूर्ण रहेको जिकिर गरिएको छ ।

महान्यायाधिवक्ता दिनमणि पोखरेलले यही चैत ६ गते राहदानी विवादमा लामिछानेमाथि मुद्दा चलाउन नपर्ने निर्णय गरेका थिए । रिट निवेदक पौडेलले सो निर्णय उत्प्रेषणको आदेशले बदरहुनुपर्ने माग गरेका छन् । उनले लामिछानेले झुटा विवरण दिएर राहदानी बनाएको दाबी गर्दै उनीउपर मुद्दा चलाउन परमादेश माग गरेका छन् ।

 

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ११ : २६ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना