३ पुस २०८२, बिहिबार | December 18, 2025

अमेरिकामा फेरि बढ्यो कोरोनाको लहर, एकै दिन थपिए ४० हजार संक्रमित



अमेरिकामा केही दिनदेखि घट्दै गएको कोरोना संक्रमणको दर फेरि बढ्न थालेको छ ।

कैयौं राज्यहरुमा फेरि भाइरसको संक्रमण बढेको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।

अमेरिकाभर शनिबार एकैदिन संक्रमणको ४० हजार नयाँ केस रेकर्ड भएको छ । संक्रमितहरुको संख्या ह्वात्तै बढेपछि ह्वाइट हाउसको टास्क फोर्सले मौजुदा अवस्थाको बारेमा जानकारी दिन पत्रकार सम्मेलन नै गर्नुपरेको छ ।

यस अघि अप्रिल २४ मा एकै दिन ३६ हजार ४०० नयाँ केस देखिएको थियो ।

संक्रमणको मामिलामा देखिएको यो ताजा तथ्यांकले अमेरिकाका सबै ५० राज्यमा लकडाउन खोल्नुलाई जिम्मेवार मानिएको छ ।

अर्थतन्त्रलाई चलायमान बनाउन लकडाउन हटाएपछि अमेरिकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको हो । लकडाउनका कारण अमेकिरामा अहिलेसम्म पचासौं लाख मानिसको रोजगारी गुमिसकेको छ ।

नियमित काम पुनः सुरु भएसँगै मानिसहरुले रोजगारी पाउन थालेका थिए । तर कोरोनाको संक्रमणको दोस्रो लहर आउन थालेपछि लकडाउनबारे गरिएको पूर्व विश्लेषणमाथि प्रश्न उठेको छ ।

अमेरिकामा हालसम्म कोरोना संक्रमणका कारण १ लाख २८ हजार बढीको ज्यान गैसकेको छ ।

२५ लाख ९६ हजार बढी संक्रमित भएका छन् भने त्यसमध्ये १० लाख ८१ हजार बढी निको भएर घर फर्किएका छन् । अझै पनि १३ लाख ८७ हजार जति कोरोनाका बिरामी रहेका छन् ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ७ : ५२ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका