९ पुस २०८२, बुधबार | December 24, 2025

प्रगतिशील पत्रकार संघ नेपालको सम्मेलन सम्पन्न, अध्यक्षमा पोखरेल

१५ बुंदे बुटवल घोषणा पत्र जारी



बुटवल । बुटवलमा शुरु भएको प्रगतिशील पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । शुक्रबारदेखि सञ्चालन भएको राष्ट्रिय सम्मेलनले नयाँ नेतृत्व चयन गर्दै शनिबार सम्पन्न भएको उक्त सम्मेलनले १५ बुंदे बुटवल घोषण पत्रसमेत जारी गरेको छ ।

सम्मेलनले श्यामलाल पोखरेलको अध्यक्षतामा २३ पूर्ण र ८ वैकल्पिक गरी ३१ सदस्यीय केन्द्रीय समितिसहित ८ सदस्यीय सल्लाहकार चयन गरेको छ । प्रगतिशील पत्रकार संघ नेपालको उपाध्यक्षमा विनोद पौडेल, महासचिव प्रकाश थापामगर, सचिव ताराप्रसाद शर्मा र गोपाल प्रसाद भट्टराइ, कोषाध्यक्षमा प्रज्ववल पहाडी चयन भएका छन् ।

यस्तै, सदस्यहरु नारायण गिरी, लक्ष्मी चौधरी, विद्यानाथ अधिकारी, शंकरप्रसाद पोखल, तिलक गाउँले, मोहन बेलबासे, जुमानसिंह केसी, जितेन्द्र खत्री, शुक्र भण्डारी, हरि न्यौपाने, प्रकाश छन्त्याल, हरिकिशोर महतो, टंक अवस्थी, रमेश पौडेल, विनोद परियार, अमिर बास्कोटा चयन रहेका छन् । वैकल्पिक सदस्यहरुमा विशाल कार्की, रोशन दानी, सोमनाथ अधिकारी र कुलदीप न्यौपाने लगायत चयन भएका छन् ।

यस्तै, सम्मेलनले सुमन अधिकारी, रामनारायण सुवेदी, डबल बोगटी, बैरागी जेठा, शशि सापकोटा, इश्वरी भण्डारी, भाषा शर्मा र किरण आचार्यलाई सल्लाहकार चयन गरेको छ ।

सम्मेलनले बुटवल घोषणा पत्रसंगै संगठनको प्रतिवेदन, विशेष प्रस्ताव र आर्थिक प्रतिवेदन पारित र विधान संशोधन गरेको छ ।

रुपन्देहीको बुटवल पूर्व-पश्चिम राजमार्गको झण्डै मध्यक्षेत्र र आवश्यक पूर्वाधार रहेकाले बुटवललाई मिडिया हव कोरुपमा विकास गर्नुपर्ने प्रगतिशील पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय सम्मेलनले बुटवल घोषणा पत्रमा मा गरेको छ । नव निर्वाचित अध्यक्ष श्यामलाल पोखरेलले व्यवसायिक पत्रकारितासंगै राजनीतिक रुपमा मिसन पत्रकारितालाई राष्ट्रियतासंग जोडनुपर्ने बताए ।

श्रमजीवि पत्रकारहरुका समस्या समाधान गर्नका लागि राज्यलाई खबरदारी गर्ने अध्यक्ष पोखरेलले प्रतिवद्दता जनाएका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ८ : २४ बजे

सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो : गृहमन्त्री अर्याल

कर्णाली । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य कार्यभार आगामी

राष्ट्रियसभा निर्वाचन : निर्वाचन अधिकृत नियुक्त

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार

घाइते खनालपत्नीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड र नेपाल खनाल निवासमा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड तथा

तराईमा बिहानैदेखि शीतलहर, चिसोबाट जनजीवन प्रभावित

काठमाडौं । आज (बुधबार) तराईका अधिकांश स्थानमा बिहानै देखिकुहिरो (हुस्सु)