४ जेष्ठ २०८३, सोमबार | May 18, 2026

प्रगतिशील पत्रकार संघ नेपालको सम्मेलन सम्पन्न, अध्यक्षमा पोखरेल

१५ बुंदे बुटवल घोषणा पत्र जारी



बुटवल । बुटवलमा शुरु भएको प्रगतिशील पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । शुक्रबारदेखि सञ्चालन भएको राष्ट्रिय सम्मेलनले नयाँ नेतृत्व चयन गर्दै शनिबार सम्पन्न भएको उक्त सम्मेलनले १५ बुंदे बुटवल घोषण पत्रसमेत जारी गरेको छ ।

सम्मेलनले श्यामलाल पोखरेलको अध्यक्षतामा २३ पूर्ण र ८ वैकल्पिक गरी ३१ सदस्यीय केन्द्रीय समितिसहित ८ सदस्यीय सल्लाहकार चयन गरेको छ । प्रगतिशील पत्रकार संघ नेपालको उपाध्यक्षमा विनोद पौडेल, महासचिव प्रकाश थापामगर, सचिव ताराप्रसाद शर्मा र गोपाल प्रसाद भट्टराइ, कोषाध्यक्षमा प्रज्ववल पहाडी चयन भएका छन् ।

यस्तै, सदस्यहरु नारायण गिरी, लक्ष्मी चौधरी, विद्यानाथ अधिकारी, शंकरप्रसाद पोखल, तिलक गाउँले, मोहन बेलबासे, जुमानसिंह केसी, जितेन्द्र खत्री, शुक्र भण्डारी, हरि न्यौपाने, प्रकाश छन्त्याल, हरिकिशोर महतो, टंक अवस्थी, रमेश पौडेल, विनोद परियार, अमिर बास्कोटा चयन रहेका छन् । वैकल्पिक सदस्यहरुमा विशाल कार्की, रोशन दानी, सोमनाथ अधिकारी र कुलदीप न्यौपाने लगायत चयन भएका छन् ।

यस्तै, सम्मेलनले सुमन अधिकारी, रामनारायण सुवेदी, डबल बोगटी, बैरागी जेठा, शशि सापकोटा, इश्वरी भण्डारी, भाषा शर्मा र किरण आचार्यलाई सल्लाहकार चयन गरेको छ ।

सम्मेलनले बुटवल घोषणा पत्रसंगै संगठनको प्रतिवेदन, विशेष प्रस्ताव र आर्थिक प्रतिवेदन पारित र विधान संशोधन गरेको छ ।

रुपन्देहीको बुटवल पूर्व-पश्चिम राजमार्गको झण्डै मध्यक्षेत्र र आवश्यक पूर्वाधार रहेकाले बुटवललाई मिडिया हव कोरुपमा विकास गर्नुपर्ने प्रगतिशील पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय सम्मेलनले बुटवल घोषणा पत्रमा मा गरेको छ । नव निर्वाचित अध्यक्ष श्यामलाल पोखरेलले व्यवसायिक पत्रकारितासंगै राजनीतिक रुपमा मिसन पत्रकारितालाई राष्ट्रियतासंग जोडनुपर्ने बताए ।

श्रमजीवि पत्रकारहरुका समस्या समाधान गर्नका लागि राज्यलाई खबरदारी गर्ने अध्यक्ष पोखरेलले प्रतिवद्दता जनाएका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ८ : २४ बजे

घरजग्गा कारोबारबाट गत वैशाखमा छ अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौं । घर जग्गासम्बन्धी कारोबार क्रमशः वृद्धि हुँदै पछिल्लो कारोबार

प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदद्वारा पर्चा देखाएर विरोध प्रदर्शन

काठमाडौं । प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीले पर्चा देखाएर विरोध

गुनासो सम्बोधनमा ऊर्जा मन्त्रालयको सक्रियता, १० हजारभन्दा बढी गुनासो सम्बोधन

काठमाडौं । गुनासो लिने मात्रै होइन समाधान पनि गर्ने उद्देश्यका

चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, प्रिबजेट छलफल हुने

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।