२९ भदौ २०८३, सोमबार | September 14, 2026

रोटरी क्लब अफ बुटवल चौतारी र चौराह हस्पिटल बीच सम्झौता



बुटवल । रोटरी क्लब अफ बुटवल चौतारीका सदस्यहरु दुर्घटनामा परि घाईते भएमा बुटवलमा रहेको चौराह हस्पिटलबाट विशेष छुटमा उपचार सेवा पाउने भएका छन् ।

सवारी साधन दुर्घटना भई अथवा कुनै कारणले घाइते भएका विरामीहरुको प्रभावकारी औषधि उपचार गर्ने हेतुले बुटवल नगरपालिका वडा नं. ११ मा चौराह हस्पिटल प्रा.लि. र रोटरी क्लब अफ बुटवल चौतारी बीच सहमती भए संगै विरामीले उपचार सेवामा विशेष छुट पाउने भएका हुन ।

‘यो सम्झौताले हाम्रा सदस्यहरुले राम्रो र शुलभ मुल्यमा उपचार पाउनेछन् । देख्दा सामान्य लागेपनि यसबाट धेरैले लाभ लिने निश्चित छ’ रोटरी क्लब अफ बुटवल चौतारीका अध्यक्ष सन्तोष केसीले भने ।

कुनै सदस्यहरुको सवारी साधन दुर्घटना भई अथवा कुनै कारणले घाइते भएमा उपचारका लागि क्लवले सिफारिस गरेको अवस्थामा अस्पतालले सम्पूर्ण खर्चको जिम्मेवारी लिने गरी अस्पताल संग सम्झौता भएको क्लवका अध्यक्ष सन्तोष केसीले बताए । साथै उनले उपचारार्थ आउने विरामीहरुको लागि नियमित शुल्कमा पनि छुट प्रदान गरिने सम्झौता भएको बताए ।

अस्पतालका जनसम्पर्क तथा सुचना अधिकृत जनक कुंवरले बेड चार्ज, सम्पुर्ण परिक्षण, अप्रेसन चार्जमा १० प्रतिशत र औषधीमा ५ प्रतिशत छुट दिने गरी क्लव संग सम्झौता भएको बताए । सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा अस्पताल का म्यानेजिङ डाईरेकटर बिरु भण्डारीले रोटरी क्लब अफ बुटवल चौतारी संग सम्बन्ध स्थापित गर्नु आफ्ना लागि पनि उपलब्धी भएको बताए ।

कार्यक्रममा क्लब का अध्यक्ष सन्तोष के।सी को अध्यक्षता, सुदिप थापाको संचालन र दिनेश मणि सुवेदी को स्वागतमा भएको थियो । कार्यक्रममा बिष्णु घिमिरे ,थानेस्वर पान्डे लगायतले आफनो भनाई राखेका थिए ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ६ : १० बजे

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

दाङ । हरितालिका तीज पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले आज

पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं । यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने

घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने

मुस्ताङ । यही भदौ ३० गते मङ्गलबारदेखि हिमाली जिल्ला मुस्ताङको

बझाङमा च्याउ टिप्न घरबाट निस्किएका युवक छ दिनदेखि बेपत्ता

बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिका-७ गोर्खालीका ३३ वर्षीय जितेन्द्र खड्का

महाकवि देवकोटाको ६७ औँ स्मृति दिवस मनाइँदै

काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७