१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

औषधिको नि:शुल्क होम डेलिभरी गर्दै इजी केयर, रगतको ‘स्याम्पल टेस्ट’ सुबिधा पनि



काठमाडौं । ‘औषधि घरमा, फोनकै भरमा’ नाराका साथ चार बर्ष देखि घरमै औषधि डेलिभरी गर्दै आएको अनलाइन फार्मेसी इजी केयर (easycare.ml)ले लकडाउनमा पनि हप्तामा सातै दिन र दिनमा चौबीसै घण्टा आफ्नो सेवालाई निरन्तरता दिएको छ।

काठमाडौ उपत्यकाको रिङरोडको पन्ध्र किलोमिटर बाहिर सम्म निःशुल्क होम डेलिभरी गरिने संस्थापक पवनराज घिमिरेले बताए। बिहान नौ बजे अगाडिको अर्डर सोही दिन र बाँकी अर्डर चौबीस घण्टा भित्र डेलिभरी गरिने बताइएको छ। जीवन रक्षाका अत्यावश्यक औषधिको इमर्जेन्सी डेलिभरी समेत गरिने र रातिको इमर्जेन्सी डेलिभरीमा पाँच सय थप शुल्क लाग्ने घिमिरेले बताए।

इजी केयरको गोदाममा उपलब्ध नभएका औषधि बजारमा उपलब्ध भएसम्म खोजेर डेलिभरी गरिने घिमिरेले जानकारी दिए। नेपालमा उत्पादन नहुने औषधि बजारमा सर्टेज भएको अवस्थामा निश्चित समय लिएर बिदेशबाटै मगाएर उपलब्ध गराउने घिमिरेको दाबी छ।

रगतको ुस्याम्पल टेस्टुको सेवा पनि इजी केयरले दिँदै आएको छ। इजी केयरका स्वास्थकर्मी ग्राहकको घरमै गएर स्याम्पल संकलन गरी गुणस्तरीय ल्याबमा जाँच गरेर रिपोर्ट बुझाउने बताइएको छ। उक्त सेवाका लागि ल्याब शुल्क बाहेक ‘होम सर्भिस’को थप सय रुपैयाँ शुल्क लाग्नेछ। साथै घरमै डाक्टर बोलाउनु परेमा ‘डक्टर अन कल’को सुबिधा समेत छ।

ग्राहक र कर्मचारी दुबैको स्वास्थ प्रती सजग हुँदै कर्मचारीको नियमित स्वास्थ परिक्षण गरिने बताइएको छ। मास्क र सेनिटाइजर मात्र नभई आवस्यक पिपिईको प्रयोग गरि कर्मचारी होम डेलिभरीमा खटिएको अर्का संचालक सुप्रित बास्कोटाले जानकारी दिए।

डेलिभरीमा प्रयोग हुने सवारी साधनका साथै औषधि गोदाममा भित्र्याउँदा र ग्राहक कहाँ पठाउनु अगाडी प्याकेजिङ गरेपछी डिसइन्फेक्सन स्प्रे गरिने बास्कोटाले बताए। ग्राहकलाई पठाउने औषधिको प्याकेजिङ मान्यता प्राप्त फर्मासिस्टले गर्ने बास्कोटा बताउँछन्।

हरेक औषधिमा बाह्र प्रतिशत नगद छुट दिइने बताइएको छ। ग्राहकहरुको सुविधा र स्वास्थ सुरक्षालाई मध्यनजर गर्दै इजी केयरले इ-सेवा, आइएमई पे, खल्ती, फोन-पे, बैंक कार्ड, कनेक्ट लगायत माध्यमबाट अनलाइन भुक्तानी गर्न सकिने बताइएको छ।

सनराइज बैंकको कार्डबाट भुक्तानी गर्दा थप दस प्रतिशत ‘क्यास ब्याक’ रहेको बताइएको छ। साथै अनलाइन भुक्तानी गर्न नसक्ने ग्राहकले डेलिभरीको समयमा नगद भुक्तानी गर्न सक्ने बास्कोटाले बताए।

लकडाउन पछि इजी केयरले आफ्नो सेवा पोखरा र बिराटनगरमा बिस्तार गर्ने बताइएको छ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  २ : ३७ बजे

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो

अन्तरराष्ट्रिय आलु दिवस :‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’

काठमाडौँ । आज अन्तरराष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र

बजेटमा गण्डकीका कुन–कुन योजना परे ?

पोखरा । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव २०८३/८४ को