४ पुस २०८२, शुक्रबार | December 20, 2025

अडियो सार्वजनिक गर्नु पार्टीविरुद्धको षड्यन्त्र हो : ढाकाकुमार श्रेष्ठ

'जनवरी, फेब्रुअरीमा भएको अडिओ अहिले ल्याएर हाल्नु पार्टीबिरुद्ध गरिएको प्रहार'



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले आफू जोडिएको अडिओ सार्वजनिक गर्नु पार्टीविरूद्धको षड्यन्त्र रहेको बताएका छन् ।

बुधबार पत्रकार सम्मेलन गरेर उनले उपनिर्वाचनमा आफ्नो पार्टीलाई हराउन षड्यन्त्र स्वरूप आफ्नो अडियो सार्वजनिक गरिएको आरोप लगाएका छन् । उक्त अडियोमा सत्यता नरहेको जिकीर गर्दै उनले आफू र पार्टीबिरुद्ध अडिओ इडिटिङ गरेर बनाएको आरोप लगाए ।

फसाउने गरि गत जनवरी, फेब्रुअरीमा भएको अडिओ अहिले ल्याएर हाल्नु हाम्रो पार्टीबिरुद्ध गररिएको प्रहार रहेको उनको भनाइ छ ।

‘यो अडियो केही पनि होइन, यो फसाइएको हो गत जनवरी, फेब्रुअरीमा भएको अडियो, अहिले ल्याएर हाल्नु भनेको हाम्रो पार्टीलाई चारतिरबाट प्रहार गरिएको हो, पार्टीलाई तीनवटै क्षेत्रमा हराउने सुनियोजित हो’ उनले भने ।

यस विषयमा आफू न्यायलयमा गइसकेको र क्लिनचिट लिएर आउने उनको  दाबी छ । पत्रकारहरुबाट प्रश्न नलिने गरि गरिएको पत्रकार सम्मेलन ५ मिनेटमा सकिएको थियो ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ६ : ४४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको