काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्यबाट निस्काशन गरेको छ । आज अपरान्ह बसेको रास्वपाको बैठकले श्रेष्ठलाई साधारण सदस्यबाट निस्काशन गरेको हो ।
बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टीका अध्यक्ष रवि लामिछानेले रुेष्ठलाई साधारण सदस्यताबाट निस्काशन गरिएको जानकारी दिए । उनले पार्टीको बिधानको ५६(४) बोजिम साधारण सदस्यबाट निश्काशन गर्ने निर्णय भएको बताए ।
अडिओ प्रकरणले पार्टिको छबीमा ढक्का पुगेको ठहर गर्दै पार्टीले निर्णय गरेको उनले बताए । उनले अख्तियार लगायत सम्बन्धित निकायबाट छानबीन आग्रह गर्दै छानबीनमा पार्टीको पूर्ण सहयोग रहने बताए ।
पार्टीले बयान लिने क्रममा सांसद श्रेष्ठले अडिओमा भएको आवाज आफ्नो नभएको बताएको अध्यक्ष लामिछानेले बताए । उनले पार्टीले गरेको छानबिनमा त्यो अडियो ढाकाकुमारकै भएको पार्टिले ठहर गरेको पनि बताए । त्यसमा पैसा मागिएको छ । सांसदले त्यसरी माग्नु कारबाहीका लागि यथेष्ट प्रमाण हो ।’ उनले भने
उनले श्रेष्ठले पटकपटक बोली फेरेको र बार्गेनिङमा उभिएको आरोप समेत लगाए ।
श्रेष्ठले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो आइतबार सार्वजनिक भएको थियो । जनवरीमा भएको उक्त सम्वादमा श्रेष्ठले आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि कोर टिमलाई बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी प्रसाईंसँग २ करोड रुपैयाँ मागेका थिए ।



















प्रतिक्रिया