१९ बैशाख २०८१, बुधबार | May 1, 2024

बालेनले फेरि पोखे आक्रोश : सिंहदरबार र संघीय राजधानी काठमाडौंबाहिर सार्न चेतावनी



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र संघीय सरकारबीचको द्वन्द्व झन बढेकोछ ।

आफुले राखेको १४ बुँदे माग पुरा नभएसम्म सिंहदरबार र राष्ट्रपति कार्यालयको फोहोर नउठाउने चेतावनी दिएका शाहले संघीय राजधानी नै काठमाडौंबाट सार्न चेतावनी दिएका छन् ।

बालेनकै निर्देशनमा चारदिनदेखि दुई मुख्य क्षेत्रको फोहोर उठन् सकेको छैन । मेयर शाहले काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार नै अन्त सार्न चेतावनी दिएका हुन् ।

बिहीबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले भनेका छन्, ‘कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरू पालिकामा सार्नुहोस्। हामी काठमाडौंवासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस्।

शाहले काठमाडौंलाई राजनीति नचाहिएको जिकिर गर्दै आफूहरूलाई सम्पदा, संस्कृति, कला र सभ्यता चाहिएको बताएका छन् ।
यसअघि शाहले गत शनिबार सिंहदरबारमा बस्ने नेताहरुलाई सिसडोलमा डम्प गर्नुपर्ने अभिव्यक्ति दिएका थिए ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहिबार  १ : १० बजे

पाल्पामा जबरजस्ती करणी गरेको अभियोगमा ७५ वर्षीय वृद्ध पक्राउ

पाल्पा । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा

बेलायतमा नेपाली कन्सर्ट हुँदै

काठमाडौं । मानवसेवा आश्रम सहयोगार्थ लोकप्रिय गायिका तथा समाजसेवी आनी

साउन १ देखि पशुपतिको विद्युतीय शवदाह गृह निःशुल्क

काठमाडौं । पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह आगामी साउन १ गतेदेखि

गर्मी बढे सँगै मधेशको विद्यालयको पठनपाठन प्रभावित

राैतहट । चालिस डिग्रीभन्दा बढी तापक्रम हुन थालेपछि मधेशको जनजीवन

नेपाल वेस्ट इन्डिज ए सँग पराजित

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग पराजित भएको छ