१० श्रावण २०८३, आइतबार | July 26, 2026

रोट्रयाक्ट पब्लिक इमेज अवार्ड लमजुङलाई



बुटवल । रोट्रयाक्ट क्लब आफ बुटवल डाउनटाउनद्धारा आयोजित पब्लिक ईमेज अवार्ड रोट्रयाक्ट क्लब अफ लम्जुङ ले प्राप्त गरेको छ । क्लबले एक समारोह बिच नतिजा सार्वजनिक गरेको छ ।

उक्त प्रतियोगितामा नेपाल भरीबाट १८ क्लबहरुले भाग लिएका थिए । कार्यक्रममा रोट्रयाक्ट क्लब अफ लम्जुङले कुल ५० अंक प्राप्त गरी प्रथम भई नगद रु १०००० र प्रमाण पत्र, रोट्रयाक्ट क्लब अफ दमैलीले ४७ अंक प्राप्त गरी द्धितिय भई नगद रु ५००० र प्रमाण पत्र प्राप्त गरेको छ ।

कार्यक्रम आयोजक क्लबका अध्यक्ष मधु भट्टराईको अध्यक्षतामा साथै रोटरी ३२९२ का ए।जि राजेन्द्र ढकाल को संयोजकत्वमा, रोटरी क्लब अफ बुटवल डाउनटानका अध्यक्ष तुल्सि घिमिरे, जेड.आर.आर प्रकाश गैह्रे, पुर्व अध्यक्ष जिवन अधिकारी, कृष्ण पाण्डेको उपस्थितिमा सम्पन्न भएको थियो ।

कार्यक्रममा क्लबका अध्यक्ष मधु भट्टराईले पब्लिक इमेज कार्यक्रमको उद्देश्य व्यक्त गर्दै रोट्रयाक्टका हरेक कार्यक्रमहरुले समाजमा जनचेतना फैलाउनुका साथै हरेक गतिविधि सुचनामुलक हुनु पर्ने बताउदै सकरात्मक सन्देश दिने हुनुपर्ने बताएका थिए ।

कार्यक्रममा रोटरी ३२९२ का ए.जि राजेन्द्र ढकालले पब्लिक ईमेज अवार्ड आयोजना गरेकोमा क्लबको प्रसंशा गर्दै क्लबहरुकालागि प्रेरणाका स्रोत भएको बताएका थिए ।

साथै रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष तुल्सि घिमिरेले रोट्रयाक्ट क्लबले गरेका बर्ष भरीका कार्यक्रमहरुको प्रसंशा गर्दै पब्लिक इमेज अवार्डले क्लबहरुलाई आफुले गरेको हरेक कार्यक्रमहरु सुचनामुलक र सकरात्मक सन्देश दिने कार्यक्रमहरुको प्रचार प्रसार गर्न प्रेरणा दिएको बताएका थिए ।

बर्ष २०१९/२० मा जुन क्लबहरुले गरेका कार्यक्रमहरुको आबेदनका आधारमा अग्रपंतिमा रहि सामाजिक कार्य गरी समाजलाई सकरात्मक सन्देश दिन विभिन्न सुचनाका माध्यमहरु प्रयोग गरी शुसुचित गरेको थियो यहि आधारलाई मूल्याङकन गरी बिजेता चयन गरीएको क्लबका पुर्व अध्यक्ष जिवन अधिकारीले जानकारी गराएका थिए ।

रोटरी डिस्ट्रीक ३२९२ ले सुरुवात गरेको पब्लिक ईमेज अवार्ड कार्यक्रम रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनले यस बर्ष देखि नेपालमै पहिलो पटक आयोजना गरेको क्लबका अध्यक्ष मधु भट्टराईले जानकारी गराए ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  १० : २४ बजे

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले

एमबीएस प्रश्नपत्र लीक प्रकरण : सिआइबीले सार्वजनिक गर्‍यो मुख्य आरोपीको नाम

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले त्रिभुवन