२० बैशाख २०८१, बिहिबार | May 2, 2024

उत्तर प्रदेशका पूर्व सांसद अतिक अहमद र उनका दाजु अशरफको गोली प्रहार गरि हत्या



काठमाडौं । भारत उत्तर प्रदेशका पूर्व सांसद अतिक अहमद र उनका दाजु अशरफको गोली प्रहार गरि हत्या गरिएको छ ।

प्रहरी नियन्त्रणमा रहेका अतिक र अशरफ प्रयागराजस्थित एक अस्पतालमा स्वास्थ्य जाँच गरी फर्किने क्रममा उनीहरुमाथि गोली प्रहार भएको हो । उनीहरु दुबैजनामाथि पूर्व विधायक राजु पालको हत्याको आरोप छ ।

अस्पतालबाट फर्कने क्रममा पत्रकारलाई प्रतिक्रिया दिइरहेको बेला पत्रकारहरुको  भिडबाट गोली प्रहार भएको थियो । उनीहरुलाई गोली लागेको दृष्य पनि भारतिय केही टेलिभिजनमा प्रत्यक्ष देखिएको थियो ।

अतिकका वकिल विजय मिश्राले पत्रकारहरुको भिड भित्रबाट अज्ञात व्यक्तिले निकै नजिकबाट गोली हानेको बताएका छन् । पत्रकार बनेर आएकाहरुले गोली हानेको प्रारम्भिक अनुसन्धानबाट खुलेको भारतिय प्रहरीले दाबी गरेको छ । गोली हानेकाहरुले गोली चलाए लगत्तै घटनास्थलमै आत्मसमर्पण गरेका थिए । घटनामा संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

अतिक अहमद र उनका भाइ अशरफलाई १० भन्दा बढी गोली लागेको स्थानीय मिडियाले उल्लेख गरेका छन् ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यस घटनालाई निकै गम्भीर भन्दै तीन सदस्यीय उच्चस्तरीय अनुसन्धान आयोग गठन गरेका छन् । मुख्यमन्त्री आदित्यनाथले अधिकारीहरुलाई सुरक्षामा चनाखो रहन र शान्ति सुव्यवस्था खलबलिने गतिविधि नियन्त्रण गर्न निर्देशनसमेत दिएका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  १० : २१ बजे

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य

वेस्ट इन्डिज ‘ए’ विरुद्ध फिल्डिङमा नेपाल

काठमाडौं । वेस्ट इन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज

सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई

अव पहुँचका आधारमा कसैलाई माफी मिनाहा हुँदैन : गृहमन्त्री लामिछाने

नेपालगन्ज । गृहमन्त्री रबी लामिछानेले पहुँचका आधारमा कसैलाई माफी मिनाहा