७ माघ २०८२, बुधबार | January 21, 2026

वायु प्रदुषणले मौसम प्रतिकूल बन्दा हवाई उडान प्रभावित



काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान सामान्य प्रभावित भएको छ ।

बाक्लो तुवाँलोका कारण भिजिबिलिटी कम हुदाँ पोखरा, भरतपुर, तुम्लिङटारलगायत गन्तव्यको उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार पोखरासहित तीन आन्तरिक गन्तव्यमा पूर्णरूपमा उडान प्रभावित भएको छ । सिमराको उडान भर्खरै खुलेको छ । पोखरा, भरतपुर र तुम्लिङटारको उडान अझै खुल्न सकेको छैन । तीन गन्तव्यहरूमा अहिलेसम्म उडान हुन नसके पनि केही गन्तव्यहरूमा भने मौसम खुलेसँगै उडान सुरु भएको हो ।

विमानस्थलका अनुसार आज आन्तरिकतर्फ एक सय १५ उडान तालिका छन् । तीनदिनदेखि राजधानीसँगै देशका अन्य क्षेत्रमा समेत वायु प्रदूषण बढ्दा हवाई उडान प्रभावित हुन पुगेको हो । गत शुक्रवार र शनिवार पनि पोखराको उडान प्रभावित भएको थियो ।

अन्तर्राष्ट्रियतर्फ विहान केही समय उडान सामानय प्रभावित भए पनि अहिले नियमित उडान भइरहेको प्रवक्ता सिटौलाले उल्लेख गरे । कतार एयरवेजको जहाजले विमानस्थलमा गलत दिशा ‘मिस एप्रोच’ लिएकाले करिब दुई घण्टा ‘होल्ड’ (आकासमा फन्को लगाउने) भएको थियो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव छ । जसका कारण बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामानय बदली र बाँकी भू(भागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ ।

राजधानी काठमाडौँ उपत्यकाको आकाशमा गत शुक्रबारदेखि बाक्लो तुवालो लागिरहेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  १२ : ३१ बजे

प्रचण्डको रुकुम पूर्वमा मोर्निङ वक र घरदैलो अभियान, जनयुद्धकालीन स्थलको अवलोकन गर्दै सहिद परिवारसँग भेट

रुकुमपूर्व । पूर्वी रुकुमबाट प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका

प्रतिनिधिसभा निर्वाचन : नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी

भक्तपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

पाल्पाबाट सात स्वतन्त्रसहित ३० जनाको उम्मेदवारी दर्ता

तानसेन । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य

निर्वाचनका लागि सुनसरीमा निर्वाचन प्रहरीको शारीरिक परीक्षण, मागभन्दा बढी आवेदन

सुनसरी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि

लगातार दुई आर्थिक वर्ष बजेट ल्याउन नपाएका ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा