२३ चैत्र २०८२, सोमबार | April 6, 2026

सेयर बजार २.८० अंकले घट्याे



काठमाडौं । २०८० सालको पहिलो कारोबार अर्थात् साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार घटेको छ ।
बिहिबार नेप्से परिसूचक २.८० अंकले ओरालो लागेको हो । यो संगै सुचक १९३१.६८ को बिन्दुमा उक्लिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२६ अङ्कले घटेर ३६७.७३ विन्दुमा पुगेको छ ।
यसअघि बिहीबारको कारोबारमा भने नेप्से परिसूचक २९ अंकले ओरालो लागि १९३४ विन्दुमा अडिएको थियो । सोहि दिन एक अर्ब ६५ करोड ३३ लाख रुपैयाँ भन्दाबढीको कारोबार भएको थियो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार कूल २६५ कम्पनीको ३० लाख ५६ हजार ७७५ कित्ता सेयर खरिद बिक्री हुँदा ९७ करोड ४५ लाख भन्दाबढी रुपैयाँको कारोबार सेयर कारोबार भएको छ ।
यसैगरी, नेप्से सुचकमा ७० कम्पनीमा वृद्धि भएको छ । १३९ कम्पनीमा ओरालो लागेको र १० कम्पनी स्थिर रहेको छ । कारोबारको आधारमा सोल्टी होटल शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीले ३ करोड ८९ लाख रुपैयाँको कारोबार गरेको छ ।
यसैगरि एनआसि एशिया कम्पनीले र सिवम सिमेन्टको ३ भन्दा बढि कारोबार भएको हो । आइतबार १३ उपसुचकहरु मध्ये ३ कम्पनीमा उकालो लागेको छ भने बाँकी सबै कम्पनीहरुमा ओरालो लागेको भएको छ । बैंकिङ सुचक, होटल तथा पर्यटन, जिवन बिमा र निर्जीवन बिमा कम्पनीहरुमा उकालो लागेको छ ।
आइतबार आदर्श लघुवित्त वित्तिय संस्था सिद्धार्थ, मोलुङ जलविद्युत र कालिन्चोक दर्शनको करिब १० प्रतिशतको सेयर कारोबार भएको छ । उक्त कम्पनीहरुले सर्वाधिक कमाएका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ३ : ५८ बजे

काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा वर्षा, बुधवार धेरै स्थानमा वर्षा हुने

काठमाडौँ । पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

लुम्बिनी प्रदेशका सांसदसँग प्रधानमन्त्री, विकासदेखि सुशासनसम्मका एजेण्डामा जोड

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौँ । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै

ओली र लेखकलाई हिरासतमा राख्ने म्याद नथप्न सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री

दोस्रो सौभाग्य गोल्डकपमा देवदहको सहज जित

बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य