१४ चैत्र २०८२, शनिबार | March 28, 2026

किर्ते अभियोगमा यातायात कार्यालय धनगढीका दुई कर्मचारी सहित चोरीमा संलग्न १० जना पक्राउ



कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले मोटरसाइकल चोरी गरी नक्कली कागजात समेत बनाइ त्यस्ता मोटरसाइकलहरु किनबेच तथा प्रयोग गर्ने गिरोहलाइ पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले सवारी साधन चोरी र कागजात कित्र्ते प्रकरणमा संलग्न यातायात व्यवस्था कार्यालय धनगढीका दुई कर्मचारी सहित कागजात कित्र्ते प्रकरणमा संलग्न गिरोहलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सोमबार पत्रकार सम्मेलन गरी चोरी तथा कित्र्तेमा संलग्न गिरोहलाई पक्राउ गरेको जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीका अनुसार उक्त गिरोहमा संलग्न यातायात व्यवस्था कार्यालय धनगढीमा सहायक कम्प्युटर अपरेटर पदमा कार्यरत जितेन्द्र राना र कार्यालय सहयोगी गणेश भट्टराई पक्राउ परेका हुन । यस्तै उक्त गिरोहमा संलग्न कैलाली र कञ्चनपुरका विभिन्न स्थानका थप १० जना पनि पक्राउ परेको क्षेत्रीले बताउनुभयो ।

पक्राउ पर्ने सबै कञ्चनपुरका रहेका र उनीहरु लामो समय देखि मोटरसाइकल लगायतका सवारी साधन चोरी र नक्कली कागजपत्र बनाएर विक्री गर्ने काममा सक्रिय रहेको उहाले बताउनुभयो ।

उनीहरुबाट ८ वटा मोटरसाइकल समेत बरामद गरिएको छ ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ३ : ०८ बजे

पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा

सरकारद्वारा शासकीय प्रबन्ध लागू गर्ने एक सय कार्यसूची सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ । सरकारले समग्र कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही

भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते

ज्ञानोदय मावि व्यवस्थापन समितिमा तीनदलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा निकट उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय नमुना माद्यामिक विद्यालय व्यवस्थापन

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको