२८ चैत्र २०८२, शनिबार | April 11, 2026

सुडानमा भएको सैन्य झडपप्रति राष्ट्रसंघ प्रमुखको चिन्ता



सिन्ह्वा । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले सुडानमा सुडानी सशस्त्र बल र ‘¥्यापिड सपोर्ट फोर्सेज’बीच जारी द्वन्द्वप्रति गहिरो चिन्ता व्यक्त गरेका छन ।

गुटेर्रेसले विश्व खाद्य कार्यक्रमका तीन कर्मचारीको मृत्यु भउको र अन्य दुई जना गम्भीर घाइते भएको भन्दै झडपको कडा निन्दा गरेका छन । घटनामा दर्जनौँ सर्वसाधारणको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् ।

महासचिवका प्रवक्ता स्टेफेन दुजारिकले एक विज्ञप्ति जारी गर्दै दोषीलाई अविलम्ब न्यायको कठघरामा ल्याउनुपर्ने बताएका छन । सुडानको पश्चिमी क्षेत्र डार्फरका विभिन्न स्थानमा संयुक्त राष्ट्रसङ्घ र अन्य मानवीय स्थलमा पनि क्षेप्यास्त्र प्रहार र लुटपाट भएको छ ।

महासचिवले संयुक्त राष्ट्रसङ्घ र सम्बद्ध सबै कर्मचारी उनीहरूको आवसीय परिसर, सम्पत्तिको सुरक्षा र अन्य सुरक्षा सुनिश्चित गर्ने दायित्वसहित अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्नुपर्ने आवश्यकताबारे दुवै पक्षलाई स्मरण गराएको विज्ञप्तिमा उल्लेख छ ।

गुटेर्रेसले युद्ध तत्काल रोक्न र वार्तामा फर्कन आफ्नो आह्वान दोहो¥याउँदै यस सङ्कटबाट बाहिर निस्कनका लागि क्षेत्रीय नेता र सुडानी सरोकारवालाहरूसँग निरन्तर संवाद जारी राख्ने बताएका छन ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ३ : ५० बजे

पाकिस्तानमा इरान-अमेरिका वार्ता सुरु : इरानी सञ्चारमाध्यम

तेहरान । मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिकासँग इस्लामावादमा वार्ता सुरु

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते

सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी-तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा

मोरङमा १ अर्बको अत्याधुनिक ‘एलेक्सा लाइफसाइन्सेज’ सञ्चालनमा

मोरङको बुढीगंगा गाउँपालिका-3२ मा १ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा अन्तर्राष्ट्रिय

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख