२९ बैशाख २०८१, शनिबार | May 11, 2024

सेयर बजार २३.६४ अंकले घट्याे



काठमाडौं । साताको दोश्रो कारोबार दिन सोमबार सेयर बजार घटेको छ । सोमबार नेप्से परिसूचक २३.६४ अंकले ओरालो लागेको हो । योसँगै सुचक १९०८ को बिन्दुमा आएर अडिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.७८ अङ्कले घटेर ३६२.९६ विन्दुमा पुगेको छ ।

यसअघि आइतबारको कारोबारमा भने नेप्से परिसूचक २.८० अंकले ओरालो लागि १९३१.६८ विन्दुमा अडिएको थियो । सोही दिन एक अर्ब ९७ करोड ४५ लाख रुपैयाँ भन्दाबढीको कारोबार भएको थियो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार कूल २६७ कम्पनीको ३१ लाख ४४ हजार ५७३ कित्ता सेयर खरिद बिक्री हुँदा ९२ करोड भन्दाबढी रुपैयाँको कारोबार सेयर कारोबार भएको छ।

यसैगरी, नेप्से सुचकमा २३ कम्पनीमा वृद्धि भएको छ । १८८ कम्पनीमा ओरालो लागेको र ७ कम्पनी स्थिर रहेको छ । कारोबारको आधारमा अरुण उपत्यका जलविद्युत विकास कम्पनी शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीले ७ करोड भन्दाबढि रुपैयाँको कारोबार गरेको छ । यसैगरि सिवम सिमेन्टको ४ करोड भन्दा बढि कारोबार भएको हो ।

सोमबार सबै उपसुचक कम्पनीहरुमा ओरालो लागेको छ । सोमबार आदर्श लघुवित्त वित्तिय संस्था सिद्धार्थ, कालिन्चोक दर्शन र मोलुङ जलविद्युतको करिब १० प्रतिशतको सेयर कारोबार भएको छ। उक्त कम्पनीहरुले सर्वाधिक कमाएका छन्।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ४ : १४ बजे

नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको नयाँ

राप्तीसोनारीमा फैलिएको झाडापाखालाबाट २९ जना बिरामी, ७ जना गम्भीर

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–१ खोकरी कुसुममा झाडापखाला फैलिएको छ

कर्णालीका मुख्यमन्त्री कँडेलले बोलाए सर्वदलीय बैठक

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सर्वदलीय बैठक बोलाएका

बाँकेको सिधनियाघाट निर्माणका लागि सर्वपक्षीय पहल

नेपालगन्ज । बाँकेको राप्ती नदीस्थित सिधनियाघाट निर्माणका लागि सर्वपक्षीय भेलामार्फत

रास्वपाका केन्द्रीय सदस्य कार्की भन्छन्- अब आँखा खोलौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश