३१ असार २०८३, बुधबार | July 16, 2026

सात वर्षमा पनि सम्पन्न भएन हापुरखोला पुल



तुलसीपुर । तुलसीपुर उपमहागरपालिका-१५ मा पर्ने डुरुवा-कोठरी जोड्ने हापुरखोलामा पुल निर्माण हुन लागेको करिब सात वर्ष भयो । तर अझै पनि त्यो पुल निर्माणको काम आधामात्रै छ । पुल निर्माण नहुँदा त्यहाँका नागरिकलाई आवतजावतमा समस्या हुने गरेको छ ।

विसं २०७५ चैत १८ गते काम पूरा गर्ने गरी सुर्खेतको एसपीय सूर्य जेभी कन्ट्रक्सन निर्माण कम्पनीसँग २०७३ असोज १९ गते भ्याटबाहेक रु १० करोड ५० लाख २१ हजार चार सयमा उक्त पुल निर्माणको ठेक्का सम्झौता भएको थियो । सोहीअनुसार पुल निर्माणको काम सुरु हुँदा खुसी भएका स्थानीयवासी भने अहिले निराश बनेका छन् । “निर्माण सुरु भएको सात वर्ष भयो”, उनले भने, “तर अहिलेसम्म पनि निर्माण पूरा भएको छैन, कहिले निर्माण हुने हो, हामीलाई निकै गाह्रो भयो ।”

सुरुको दिनमा व्यक्तिको स्वामित्वमा रहेको जग्गाका कारण पुल निर्माणमा विवाद भएको थियो । अहिले निर्माण कम्पनीले विभिन्न कारण देखाउँदै म्याद थप्दै आएको छ । यसरी लामो समय पुल नबन्दा वर्षात्को समयमा सवारीसाधन वारपार गर्न समस्या हुने अटोचालक सुरेश परियारले बताए । “वर्षात्मा झनै समस्या हुने गरेको छ, पानीको बहाव बढ्ने गरेकाले वारपार गर्न पनि सकिँदैन”, उनले गुनासो गरे ।

पुल नबन्दा सास्ती भएपछि नागरिकले स्थानीय सरकारलाई पनि झक्झक्याउने गरेका छन् । वडा कार्यालय पनि पुल नबन्दा नागरिकले सास्ती पाएको भन्दै निर्माण कम्पनीलाई चाँडो पुल निर्माण गर्न आग्रह गर्दै आएको तुलसीपुर-१५ का कार्यवाहक वडाध्यक्ष मङ्गल चौधरीले बताए ।

हाल २०८० असार मसान्तसम्म म्याद थप भएको छ । तोकिएको समयमा निर्माण नभएमा म्याद थप नहुने र निर्माण कम्पनीलाई कारबाही गर्ने सडक डिभिजन कार्यालय दाङका इञ्जीनियर विके लाखेले बताए । पुल निर्माणका लागि पटक-पटक स्थानीयले दबाब दिने गरेका छन् । तर कुनै पनि निकायले त्यसमा चासो दिएका छैनन् । पुल निर्माण अधुरो हुँदा नागरिकले सास्ती भोग्दै आएका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ७ : ५० बजे

विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति

काठमाडौँ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको

सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा चार ‘एमिकस क्युरी’ सिफारिस

काठमाडौँ । सर्वोच्च अदालतको आदेशअनुसार सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा

गिद्धका लागि रेष्टुरेन्ट : गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति छानबिन आयोगका सम्पूर्ण कामकारबाही

नियमावलीका केही प्रावधानप्रति ईक्यान रुपन्देहीको असन्तुष्टि, संशोधनका लागि पहल गर्ने

बुटवल । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको “शैक्षिक