४ पुस २०८२, शुक्रबार | December 20, 2025

तनहुँबाट गोविन्द भट्टराई जिते मन्त्री बनाउँछु : प्रधानमन्त्री प्रचण्ड



तनहुँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तनहुँ १ मा १० वैशाखमा हुने उपनिर्वाचन जिते गोविन्द भट्टराईलाई मन्त्री बनाउने बताएका छन् ।

चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कांग्रेस उम्मेदवार भट्टराई जिते मन्त्री बनाउने आश्वासन दिएका हुन् । यसअघि रामचन्द्र पौडेललाई भोट माग्दा प्रधानमन्त्री बनाउने बताएको उल्लेख गर्दै त्यो भन्दा पनि ठूलो पदमा पुर्‍याएको दाबी गरे ।

‘केन्द्रमै हाम्रो गठबन्धन सरकार छ । हामी निरन्तर गठबन्धनको सरकार अगाडि बढाउँछौं,’ डुम्रेमा आयोजित चुनावी सभामा प्रचण्डले भने, ‘गोविन्द भट्टराईलाई यो क्षेत्रबाट  जिताएर पठाउनुस्, तपाईंहरूको भावनालाई सम्बोधन गर्दै उहाँलाई मन्त्री बनाउँछौं ।’

अब आफ्नो ध्यान देशमा शान्ति, सुशासन र समृद्धिको बाटोमा हिँडाउने रहेको पनि उनको भनाई थियो ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ६ : ३० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको