२० बैशाख २०८१, बिहिबार | May 2, 2024

दोल्ती पावर कम्पनीको आइपीओ आज बाँडफाँट हुँदै



काठमाडौं । दोल्ती पावर कम्पनीको आईपिओ आज बाँडफाँट हुँदैछ । कम्पनीको आफ्नै कार्यालयमा शुक्रबार दिउँसो ३ बजे बाँडफाँटको तयारी गरिएको छ । यस कम्पनीले चैत २८ गतेदेखि १ करोड ७ लाख २९ हजार ८ सय रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो ।

बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल मार्केटका अनुसार यसको प्री-अलमेन्ट सम्पन्न भइसकेको छ । यस आईपिओमा गोलाप्रथाबाट आईपिओ बाँडफाँट हुनेछ । यस आईपिओमा मागभन्दा ११.६० गुणा बढी आवेदन परेको छ ।

यस आईपिओमा १३ लाख ३९ हजार ४४० जनाले कुल १ करोड ४७ लाख ६२ हजार २६० कित्ताका लागि आवेदन दिएका छन् । जसमा १ लाख २७ हजार १८६ जनाले मात्र सेयर हात पार्नेछन् । जसअनुसार बाँकी ११ लाख ४४ हजार ६७५ जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन् ।

कम्पनीले जारी गरेको आईपिओमा प्रतिकित्ता १०० अंकित मूल्यका दरले १० लाख ७२ हजार ९७२ कित्ता साधारण सेयर निष्कासन गरेको हो । यस मध्ये सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात् ६८ हजार १७ कित्ता छुट्याइएको थियो भने १ लाख ७ हजार २९८ कित्ता  सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट गरिसकेको छ ।

बाँकी १२ लाख ७१ हजार ८६१ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो । यसमा एनआइसी एसिया क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले दोल्ती पावरको आइपीओलाई औसत जोखिम आधार जनाउने ‘इक्रा एनपी डबल बी’ रेटिङ दिएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ९ : १७ बजे

सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन सरकार दृढतापूर्वक लागेको छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना

बुटवलमा आजदेखि अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता

बुटवल । बुटवलमा अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु

पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता : चार पालिका विजयी

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको पालिकास्तरीय दोस्रो

प्रचण्ड गर्मीमा ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप । गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री बढेको छ