२६ बैशाख २०८३, शनिबार | May 9, 2026

सुरुङ खन्ने मेसिन पुरिदा सुनकोशी-मरिन डाइभर्सनको काम १८ दिन देखी ठप्प



सिन्धुली । सुनकोशीमरिन डाइभर्सनमा १८ दिनदेखि सुरुङ खन्ने काम ठप्प भएको छ । सुक्खा माटो खसेर टनेल बोरिङ मेसिन (टीबीएम) मेसिन पुरिए पछि १६ दिन देखी काम ठप्प भएको हो ।

आयोजनाका प्रमुख मित्र बरालका अनुसार टनेल बोरिङ मेसिन पुरिएर काम ठप्प भए पछि बाइपास सुरुङ बनाएर आयोजनाको काम सुचारु गर्ने प्रयास भईरहेको छ । सो बाइपास सुरुङ बनाउनका लागि पनि कम्तिमा ७ दिन लाग्ने हुदाँ झन्डै एक महिनासम्म आयोजनाको काम ठप्प हुनेछ ।

‘सुख्खा माटो झरेर टीबीएम सुरुङ भित्र पुरिएपछि त्यसलाई निकाल्न बाइपास सुरुङ खनेर निकाल्ने प्रयास गरिरहेका छौं, भित्र माटो खस्ने क्रम अझै जारी रहेकाले समस्या भईरहेको छ, यद्धपी बाइपास सुरुङ खनेर टिबिएम निकाल्नका लागि कम्तिमा एक हप्ता लाग्ने अनुमान गरी काम गरिरहेका छौं’ उनले भने ।

यसअघि पनि सुख्खा माटो खसेर टिबीएम सञ्चालनमा समस्या भए पछि ९ दिन लगाएर बाइपास सुरुङ खनी काम सुचारु गरिएको थियो ।  हाल ४.६६ किलोमिटर सुरुङ खनि सकिएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  १० : २८ बजे

दुई तिहाइ सरकार वा महाभियोगको डरबाट मुक्त भएर अघि बढ्न न्यायकर्मीहरूलाई कामु प्रधानन्यायाधीसको आह्वान

काठमाडौँ । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले दुई तिहाइ

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’

काठमाडौँ । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी

वनको दाउरा कसले लिने भन्ने विषयमा विवादपछि एक जनाको ज्यान गयो

घोराही । जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक सामुदायिक वनमा दाउरा

रसुवा भन्सारमा सामान जाँचपास सुरु

रसुवा । अधिकतम खुद्रा मूल्य (एमआरपी) स्टिकर नलागेका कारण रोकिएको

अनलाइन प्रणालीसँगै भारतीय सवारी निगरानी कडाइ

भैरहवा । नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी थप