४ पुस २०८२, शुक्रबार | December 20, 2025

लकडाउन साउन ७ सम्म लम्बियो, खुकुलो अवस्था कायमै



काठमाडौं । सरकारले जारी लकडाउनलाई आगामी साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार राति सम्पन्न बैठकले हाल जारी लकडाउन साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । तर लकडाउनको प्रकृति भने अहिले जस्तै नै खुकुलो हुनेछ ।

गत जेठ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई खुकुलो बनाएको थियो । स्वास्थ्यसँग सम्वन्धित सबै सेवा खुला छन् भने  सबै प्रकारका कृषि र पशुपक्षी सेवा, उत्पादन र बिक्री खुला गरिएको छ  ।

खुकुलो लकडाउनमा उद्योग, व्यापार, व्यवसाय, पसलहरु, डिपार्टमेन्टल स्टोरहरु खुला गरिएको छ ।

सबै प्रकारका ढुवानी सेवा पनि खुला गरिएको छ भने निजी सवारी साधनमा जोरविजोर प्रणाली लागु गरिएको छ

यस्तै, बैठकले हवाइ उडान र सीमा नाका पनि साउन ७ गतेसम्म बन्द नै रहने निर्णय गरेको छ ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ९ : ५९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको