५ पुस २०८२, शनिबार | December 20, 2025

दुई दशक देखी बसेको सरकारी निवास आजबाट छाड्दै राहुल गान्धी



नयाँदिल्ली । मानहानि मुद्दामा दोषी ठहर भएपछि सांसदका लागि अयोग्य घोषित कांग्रेस नेता राहुल गान्धीले दुई दशक देखी बस्दै आएको सरकारी निवास आजबाट छाडने भएका छन्  ।

शुक्रबार आफ्नो सरकारी निवासबाट सबै सरसामान सारेका गान्धीले तुघलक लेन बंगलाको साँचो आज लोकसभा सचिवालयलाई हस्तान्तरण गर्नेछन् । साँचो हस्तान्तरण सँगै दुई दशक देखी बस्दै आएको घर आजवाट खाली हुनेछ ।

एक चुनावी सभामा पूर्व कांग्रेस अध्यक्ष गान्धीले ‘सबै चोरहरुको नाम मोदी किन हुन्छ ?’ भन्ने अभिब्यक्तिलाई लिएर दुई वर्षको जेल सजाय सुनाइएको थियो । सांसदको रूपमा अयोग्य ठहरिएपछि उनलाई अप्रिल २२ सम्ममा परिसर खाली गर्न भनिएको थियो । पूर्व कांग्रेस अध्यक्षले अप्रिल १४ मा आफ्नो कार्यालय र केही व्यक्तिगत सामान बंगलाबाट सारेका थिए ।

गान्धीले शुक्रबार साँझ बंगलाबाट आफ्ना बाँकी सामानहरू हटाएका थिए । यो बंगला उनलाई सांसदका रुपमा दिइएको थियो । उनीहरूको सामान बोकेको ट्रक भवनबाट निस्किएको देखियो । उनी झण्डै दुई दशकदेखि यही बंगलामा बस्दै आएका थिए ।

आफ्नो कार्यालय परिवर्तन गरेपछि उनी आफ्नो आमा तथा कांग्रेस संसदीय दल अध्यक्ष सोनिया गान्धीसँग जनपथ निवासमा बस्न थालेका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  २ : ५० बजे

साफ महिला च्याम्पियनसिप : एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी

काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना

नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण बुटवलमा सम्पन्न

बुटवल । धर्म, संस्कार, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी