१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

सलमानको करियरमा स्पीड ब्रेकर बन्यो ‘किसी की भाई किसी की जान’



मुम्बई । गत शुक्रबारबाट थिएटरमा अभिनेता सलमान खानको फिल्म ‘किसी की भाई किसी की जान’ रिलिज भयो । सलमान चार वर्षपछि इदको मौका पारेर दर्शकमाझ यो फिल्म लिएर आएका थिए । फिल्मले हरेक स्थानमा बम्पर ओपनिङ गर्ने आशा थियो । तर बक्स अफिसको रिपोर्ट सबैलाई चकित बनाउने किसिमले आयो ।

भारतमा फिल्मको ओपनिङ नै १५ दशमलब ८१ करोडको थियो । यो ओपनिङ सोचेभन्दा कम ओपनिङ हो । यो फिल्मले सलमानको शानदार बक्सअफिस यात्रामा ‘स्पीड ब्रेकर’को काम गरिदिएको छ ।

सलमान बक्स अफिसका बादशाह हुन् भन्ने कुराको प्रमाण उनको फिल्मको ओपनिङ कलेक्सनले देखाउथ्यो । पछिल्लो १० वर्षमा उनको कुनै पनि फिल्मले १७ करोड भन्दा कम ओपनिङ कलेक्सन गरेको थिएन । सन् २०१२ मा रिलिज फिल्म ‘एक था टाइगर’ले ३३ करोडको ओपनिङ कलेक्सन गरेको थिया । यसपछि उनका फिल्मले पहिलो दिनमा २० करोड रुपैंयाँसम्म ओपनिङ कलेक्सन गर्थे ।

सन् २०२० मा कोरोना महामारीपछि थिएटर बन्द हुनुअघि सन् २०१९ मा रिलिज फिल्म ‘भारत’ले सलमानका लागि उनको करियरमै सबैभन्दा बढी ओपनिङ दिएको थियो । फिल्मले पहिलो दिनमै ४३ करोड बढी कमाएको थियो । तर १५ दशमलब ८१ करोडसँगै ‘किसी का भाई किसी की जान’ सन् २०११ पछि सलमानको करियरको सबैभन्दा कम ओपनिङवाला फिल्म बन्यो ।

लकडाउन पछि रिलिज भएका तीन फिल्मको ओपनिङ कलेक्सनलाई आक्रामक मान्न सकिन्छ । शाहरुख खानको ‘पठान’ले ५७ करोड, रणवीर कपूर र आलिया भट्टको ‘ब्रह्मास्त्र’ले ३६ दशमलब ५ करोड र अक्षय कुमारको ‘सूर्यवंशी’ले २६ दशमलब २९ करोड ओपनिङ कलेक्सन गरेको थियो ।

सन् २०११ पछि इदमा सलमानका ९ फिल्म रिलिज भए । सन् २०१९ सम्म रिलिज भएका मध्ये सबैभन्दा कम ओपनिङ कलेक्सन सन् २०१७ मा रिलिज ‘ट्युबलाइट’ले गरेको थियो । फिल्मले २१ करोडको ओपनिङ कलेक्सन गरेको थियो ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ४ : ०६ बजे

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै