२४ मंसिर २०८२, बुधबार | December 10, 2025

लुम्बिनी प्रदेश सञ्चार परिषद्को अध्यक्षमा गाहा



लुम्बिनी । लुम्बिनी प्रदेशमा सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न प्रदेश सरकारले सञ्चार समन्वय परिषद् गठन गरेको छ । प्रदेश सरकार सञ्चारमाध्यम ऐन, २०८९ को दफा ५२ को उपदफा २ को खण्ड (क) अनुसार सरकारले परिषद्मा अध्यक्षलगायत सदस्य मनोनयन गर्ने व्यवस्था बमोजिन परिषद् गठन गरिएको हो ।

प्रदेश सरकारको गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पाल्पाका पत्रकार यमबहादुर गाहालाई परिषद्को अध्यक्षमा मनोनित गर्ने निर्णय बमोजिम आज मनोनित गरिएको हो । आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयका निमित्त सचिव यमबहादुर कुँवरले अध्यक्ष गाहासहित परिषद् सदस्यमा सरला सुवेदी बाँके, रूद्रप्रसाद सुवेदी बाँके, बसन्त आचार्य दाङ, पुष्पा खनाल रूपन्देही, पार्वती पाण्डे कपिलवस्तुलाई मनोनित गरे ।

त्यस अवसरमा प्रदेश सरकार आन्तरिक मामिला, कानुन तथा सहकारीमन्त्री तुल्सीराम शर्माले प्रदेशमा सञ्चार क्षेत्रका समस्यालाई पहिचान गरी सहज ढङ्गले समाधान गर्न परिषद्को प्रभावकारी भूमिका निर्वाह गर्न सुझाव दिए । यस्तै निमित्त सचिव कुँवरले सञ्चार क्षेत्रको व्यवस्थापन र नियमनका काममा परिषद्ले परिणाममुखी ढङ्गले काम गर्ने अपेक्षा गरे ।

नव नियुक्त अध्यक्ष गाहाले लुम्बिनी प्रदेश सरकारको योजना र कानुन बमोजिम प्रदेशमा सञ्चार क्षेत्रको व्यवस्थापन र श्रमजीवी पत्रकारहरुको हक अधिकारमा क्रियाशील रहने प्रतिबद्धता जनाए ।

गठन लगत्तै बसेको परिषद्को पहिलो बैठकले प्रदेशमा रहेका आमसञ्चारका माध्यमहरुको यथार्थ लगत सङ्कलन र अध्ययन गर्ने साथै अध्ययन प्रतिवेदनका आधारमा विद्यमान समस्या समाधानका लागि आवश्यक पहल अघि बढाउने निर्णय गरेको अध्यक्ष गाहाले जानकारी दिए ।

यस्तै सञ्चारसम्बद्ध सम्पूर्ण पक्षसँगको सल्लाह, सुझाव र समन्वयमा प्रदेश सरकारलाई सञ्चारमैत्री कानुन निर्माणका लागि आवश्यक सहयोग र सहकार्य गर्नेसमेत बैठकले निर्णय गरेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ८ : ०३ बजे

एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय

भोलि नेपालगन्जमा नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा नेपाली कम्युनिष्ट पार्टीको जिल्ला स्तरिय एकता

मानवअधिकारको पूर्ण कार्यान्वयन आजको सबैभन्दा ठूलो चुनौती : संयोजक प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोवक पुष्पकमल दाहाल प्रचण्डले मानव

रुपन्देही–३ मा कांग्रेसबाट खाणसहित छ जना सिफारिस

बुटवल । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालन गर्न छुट्टै सिँचाइ व्यवस्थापन कम्पनी स्थापना गरिने

काठमाडौं । सरकारले नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालनका लागि सिँचाइ