१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

लुम्बिनी प्रदेश सञ्चार परिषद्को अध्यक्षमा गाहा



लुम्बिनी । लुम्बिनी प्रदेशमा सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न प्रदेश सरकारले सञ्चार समन्वय परिषद् गठन गरेको छ । प्रदेश सरकार सञ्चारमाध्यम ऐन, २०८९ को दफा ५२ को उपदफा २ को खण्ड (क) अनुसार सरकारले परिषद्मा अध्यक्षलगायत सदस्य मनोनयन गर्ने व्यवस्था बमोजिन परिषद् गठन गरिएको हो ।

प्रदेश सरकारको गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पाल्पाका पत्रकार यमबहादुर गाहालाई परिषद्को अध्यक्षमा मनोनित गर्ने निर्णय बमोजिम आज मनोनित गरिएको हो । आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयका निमित्त सचिव यमबहादुर कुँवरले अध्यक्ष गाहासहित परिषद् सदस्यमा सरला सुवेदी बाँके, रूद्रप्रसाद सुवेदी बाँके, बसन्त आचार्य दाङ, पुष्पा खनाल रूपन्देही, पार्वती पाण्डे कपिलवस्तुलाई मनोनित गरे ।

त्यस अवसरमा प्रदेश सरकार आन्तरिक मामिला, कानुन तथा सहकारीमन्त्री तुल्सीराम शर्माले प्रदेशमा सञ्चार क्षेत्रका समस्यालाई पहिचान गरी सहज ढङ्गले समाधान गर्न परिषद्को प्रभावकारी भूमिका निर्वाह गर्न सुझाव दिए । यस्तै निमित्त सचिव कुँवरले सञ्चार क्षेत्रको व्यवस्थापन र नियमनका काममा परिषद्ले परिणाममुखी ढङ्गले काम गर्ने अपेक्षा गरे ।

नव नियुक्त अध्यक्ष गाहाले लुम्बिनी प्रदेश सरकारको योजना र कानुन बमोजिम प्रदेशमा सञ्चार क्षेत्रको व्यवस्थापन र श्रमजीवी पत्रकारहरुको हक अधिकारमा क्रियाशील रहने प्रतिबद्धता जनाए ।

गठन लगत्तै बसेको परिषद्को पहिलो बैठकले प्रदेशमा रहेका आमसञ्चारका माध्यमहरुको यथार्थ लगत सङ्कलन र अध्ययन गर्ने साथै अध्ययन प्रतिवेदनका आधारमा विद्यमान समस्या समाधानका लागि आवश्यक पहल अघि बढाउने निर्णय गरेको अध्यक्ष गाहाले जानकारी दिए ।

यस्तै सञ्चारसम्बद्ध सम्पूर्ण पक्षसँगको सल्लाह, सुझाव र समन्वयमा प्रदेश सरकारलाई सञ्चारमैत्री कानुन निर्माणका लागि आवश्यक सहयोग र सहकार्य गर्नेसमेत बैठकले निर्णय गरेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ८ : ०३ बजे

सेवानिवृत्तलाई करार सेवामा नराख्न सामान्य प्रशासन मन्त्रालयको निर्देशन

काठमाडौं । सरकारले कुनै सरकारी सेवाबाट अवकाश र उपदान प्राप्त

पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौँ । साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

धरान । सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले विपद्

आजदेखि नयाँ कर व्यवस्था लागू, शिक्षा–स्वास्थ्यमा ३५ समता शुल्कदेखि सेयर लाभकरसम्म बढ्यो

काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै सरकारले बजेटमार्फत घोषणा

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को अन्तिम तीन दिनमा संघीय