२८ बैशाख २०८१, शुक्रबार | May 10, 2024

केएल दुगड ग्रुपको ज्ञान गोल्ड मह बजारमा



बुटवल । खाद्य क्षेत्रमा बजारमा पकड जमाइरहेको केएल दुगड समूहले ज्ञान ब्राण्डको गोल्ड मह नेपाली बजारमा ल्याएको छ । नयाँ उत्पादन बजारमा ल्याउने योजना अन्तर्गत केएल दुगड समुहले ज्ञान मह बजारमा ल्याएको हो ।

स्थानीय रुपमा उपलब्ध विभिन्न बहुमुल्य वनस्पतिहरुमा चरन गरेका मौरीहरुबाट महको उत्पादन गरिएको कम्पनीले जनाएको छ । कम्पनीको तर्फबाट जारी विज्ञप्तिमा स्थानीय किसानहरुद्वारा स्थानीयरुपमै उत्पादित सामानहरुको प्रवद्र्घन गर्ने उद्देश्यले महको उत्पादन सुरु गरिएको उल्लेख गरिएको छ । खाद्य प्रविधिका अनुभवी र दक्ष विशेषज्ञहरुले स्वाद र गुणस्तरको परीक्षण गरी उपभोगको लागि उत्कृष्ट ठहराएपछि मह उपभोक्तामा पठाइएको विज्ञप्तिमा लेखिएको छ ।

‘मह प्राचिन कालदेखि मानव जातिमा परिचय गराइएको सबैभन्दा मूल्यवान प्राकृतिक उत्पादनहरू मध्ये एक हो । मह एक पौष्टिक उत्पादनको रूपमा मात्र नभई परम्परागत चिकित्सामा वर्णन गरिएको र घाउ निको पार्नेलगायत अन्य क्लिनिकल अवस्थाहरूको वैकल्पिक उपचारकोरूपमा पनि प्रयोग गरिन्छ,’ विज्ञप्तिमा लेखिएकोछ, ‘मह भिटामिन र अन्य पोषकतत्वहरूले भरिपूर्ण रहेको छ । उपवासको समयमा बढी उपभोग हुने मह दैनिक स्वस्थ पौष्टिक खाजाहरुमा मिसाएर पनिउपभोग गर्न सकिन्छ ।’

ज्ञान मह उपभोक्ताहरुले सहजै प्राप्त गर्न सक्नेगरी २५० ग्राम, ५०० ग्राम र १ केजी प्याकमा उपलब्ध छ । केएल दुगड समूहले लोकप्रिय ब्राण्ड ज्ञानका ज्ञान चक्की आटा, ज्ञान मैदा, धारा हेल्थ, धारा सुद्ध तोरीको तेल, कोदोको पिठो, दलिया जस्ता लोकप्रिय उत्पादनहरु लामो समयदेखि नेपाली बजारमाउपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ९ : ४४ बजे

पञ्जावमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ६० रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले

नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर

बुटवल । नेपाल नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पताल बुटवल इकाई

मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी-जोमसोम-कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको

सङ्घीय संसदको बजेट अधिवेशन आजदेखि

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे अर्थात् बजेट