९ असार २०८३, मंगलबार | June 24, 2026

केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक कुमुद कुमार दुगड ‘प्रबल जनसेवाश्री’ बाट विभूषित



काठमाडौं। नेपालमा कृषिजन्य खाद्य सामाग्रीका प्रवर्द्धक तथा उत्पादक केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक, समाजसेवी एवम् उद्योग व्यवसायी कुमुदकुमार दुगड राष्ट्रपतिबाट प्रदान गरिने ‘प्रबल जनसेवाश्री’ पदकबाट विभुषित भएका छन्।

देशको आर्थिक, सामाजिक तथा कृषिको प्रवद्र्धन गर्दै मुलुकको समग्र औद्योगिक एवं व्यवसायिक क्षेत्रको विकासमा पुर्‍याउँदै आएको उनको योगदानको कदर गर्दै संविधान दिवसको अवसर पारेर उनलाई ‘प्रबल जनसेवाश्री’ पदकबाट विभुषित भएका हुन् ।

दुगड ग्रुपको अग्रसरतामा कृषिलाई औद्योगीकरण र व्यवसायीकरण गर्ने तथा कृषकहरुलाई अभिप्रेरित गर्दै कृषिजन्य उद्योगका लागि आवश्यक कच्चा पदार्थ स्वदेशमै उत्पादन गराउने कार्य हुँदै आएको छ । विशेषगरि कृषिसँग जोडिएका खाद्य उत्पादनमा नेपाली बजार सहित विश्वका धेरै मुलुकहरुमा दुगड ग्रुपको उत्पादनहरु निर्यात हुँदै आएको छ । चामल, तेल सहित भान्छामा प्रयोग हुने अधिकांस खाद्य उत्पादनहरु सहित अगरबत्ती, सिमेण्ट र हाईड्रो जस्ता क्षेत्रमा पनि दुगड ग्रुपको सफल लगानी रहँदै आएको छ ।

तराईका धेरै क्षेत्रमा धान, गहुँ, मकै जस्ता नेपाली कृषि उत्पादनको बजारिकरण र ब्राण्डिङमा समेत सो ग्रुपको योगदान रहँदै आएको छ । विशेष गरि धारा ब्राण्ड र ज्ञान फुडका नामबाट उत्पादीत केएल दुगड ग्रुपका उत्पादनहरु नेपाली उपभोक्ताहरुका माझ लोकप्रिय ब्राण्ड हुन् ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ८ : ०२ बजे

रास्वपाको वैचारिक दृष्टिकोण ‘सामाजिक लोकतन्त्र’ (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको

नेपाल दक्षिण एसियामै उच्च आत्महत्या दर भएका मुलुकमध्ये एक

नेपालगन्ज । पछिल्लो समयमा किशोरकिशोरीमा तनाव, चिन्ता, डिप्रेसन तथा आत्महत्याको

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अब

विष्णु पौडेलको पक्राउप्रति एमालेको आपत्ति, बिनाशर्त रिहाइको माग

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गरिएको पक्राउ

रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण

भैरहवा । जिल्ला प्रशासन कार्यालय रूपन्देहीले चालु आर्थिक वर्ष २०८२/८३