७ आश्विन २०८३, बुधबार | September 23, 2026

केएल दुगडको ज्ञान मखाना बजारमा, ब्रतालुहरुको लागि समेत उपयोगी भएको दाबी



काठमाडौँ । खाद्य उद्योगमा योगदान दिँदै आएको केएल दुगड समूहले ज्ञान ब्राण्डको नयाँ उत्पादन बजारमा ल्याएको छ । दुगड समुह अन्तर्गतको ज्ञान ब्राण्डले ज्ञान मखाना नेपाली बजारमा भित्र्याएको हो ।

लामो समयको अनुसन्धान र परिक्षण पछि ज्ञान मखाना बजारमा ल्याईएको केएल दुगड ग्रुपका प्रवन्ध निर्देशक प्रदिप छाजेडले जानकारी दिए । खाद्य प्रविधिका निकै अनुभवी र दक्ष विशेषज्ञहरुले विभिन्न परिक्षण गरि मखनाको स्वाद र गुणस्तर तयार गरिएको छाजेडले बताए ।

स्वास्थ्य, स्वाद र पाचनका लागि समेत सबैले उपभोगको लागि योग्य रहेको कम्पनीले दाबी गरेको छ । लिली फूलको बीउबाट बनाइने मखाना प्रोटिन र अन्य धेरै पोषक तत्वहरूले भरिपूर्ण रहेको बताइएको छ ।

उपवासको समयमा बढी उपभोग हुने मखाना दैनिक खाजाको रूपमा पनि उपभोग गर्न सकिने कम्पनीले जनाएको छ । मखाना हल्का रोस्ट गरेर अथवा सिधै खान पनि सकिने कम्पनीले जनाएको छ । यो खीरसहित विभिन्न स्वादिष्ट र मिठाई परिकार बनाउन पनि प्रयोग गर्न मिल्ने निर्देशक छाजेडले बताए ।

ज्ञान मखाना मुख्य डिपार्टमेन्ट स्टोरहरुका साथसाथै स्थानीय किराना पसलहरुमा २०० ग्राम प्याकमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

केएल दुगड समूहले लोकप्रिय ब्राण्ड ज्ञानको ज्ञान चक्की आटा, ज्ञान मैदा, ज्ञान चामलको पिठो, ज्ञान कोदोको पिठो जस्ता लोकप्रिय खाद्य उत्पादनहरु लामो समयदेखि बिक्री गर्दै आएको छ ।

 

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ८ : ३८ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज