चितवन । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना आज दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति भएको छ । सोमबार बिहान बसेको सर्वदलीय बैठकमा सो सहमति जुटेको हो ।
सर्वदलीय बैठकमा कांग्रेस एमालेका प्रतिनिधिले रास्वपाका उम्मेदवार रवि लामिछानेलाई कारवाही गर्नुपर्ने भन्दै चर्को आवाज उठाएका थिए । एमाले कांग्रेसको अडानपछि लामिछानेलाई मुख्य निर्वाचन अधिकृतको कार्यलयले स्पष्टिकरण सोध्ने र प्रमुख जिल्ला अधिकारीले मतपेटिकाको सुरक्षा जिम्मेवारी लिने सहमति भएको छ ।
चितवन क्षेत्र नम्बर २ मा रास्वपाका सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ उम्मेदवार छन् ।



















प्रतिक्रिया