५ पुस २०८२, शनिबार | December 20, 2025

रवि लामिछाने भारी मतसहित विजयी



चितवन । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) उम्मेदवार तथा सभापति रवि लामिछाने भारी मतसहित विजयी भएका छन् । सत्तारुढ गठबन्धन उम्मेदवार कांग्रेसका नेता जीत नारायण श्रेष्ठलाई ४३ हजार २५ मतान्तरले पराजित गर्दै लामिछाने विजयी भएका हुन् ।

लामिछानेले ५४ हजार २७६ मत प्राप्त गरेर विजयी हुँदा श्रेष्ठले ११ हजार २५१ मत पाए  । एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत पाए । यसअघि कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएका थिए ।

गत आइतबार चितवन–२, बारा–२ र तनहुँ–१ मा प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचन भएको थियो । चितवन–२ मा रवि लामिछाने विजयी हुँदा उनकै पार्टी रास्वपाका उम्मेदवार स्वर्णिम वाग्ले तनहुँ–१ बाट निर्वाचित भएका छन् ।

उता बारा–२ मा भने गठबन्धन उम्मेदवार तथा जसपा अध्यक्ष उपेन्द्र यादवले अग्रता लिइरहेका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  १ : ०३ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र