२७ बैशाख २०८३, आइतबार | May 11, 2026

दोस्रो लुम्बिनी प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड आजबाट शुरु



बुटवल । प्रदेश सरकारले बजेट निकासा रोकेको भन्दै अन्यौलमा परेको लुम्बिनी प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट संचालन भएको छ । प्रतियोगिताको आज एक समारोहका बीच लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले उदघाटन गरे ।

निर्धारित समयभन्दा एक दिन पछि मात्र प्रदेश सरकारले रोक्का गरेको बजेट फुकुवा गरेपछि एकदिन ढिला प्रतियोगिता शुरु भएको हो ।

उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शेरचनले युवाहरुलाई अनुशासित बनाउन र विकासमा जोड्न खेलकुद महत्वपूर्ण माध्यम हुन सक्ने बताए । उनले खेलकुदलाई मनोरञ्जन र स्वास्थ्यमा मात्र सिमित राख्न नहुने बताउँदै खेलकुदले समग्र देशको विकासमा भूमिका खेल्ने उल्लेख गरे । खेलजगत बहुआयामिक भएको उनको भनाई छ । युवाहरुको भविश्य उज्वल भएको चर्चा गर्दै राष्ट्रको जिम्मेवारी पनि युवाकै काँधमा रहेको उल्लेख गरे । उनले खेलाडीहरुलाई केन्द्रीय प्रतियोगिता जितेर आउन शुभकामना पनि दिए ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले दुर्ब्यसनीमा लागेका युवालाई सहि मार्गमा ल्याउने मुख्य माध्यम खेलकुद हुन सक्ने बताए ।

प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईको अध्यक्षतामा भएको उदघाटन समारोहमा सांसद सिके गुप्ता, कोशिश खड्का लगायतले प्रतियोगिताको सफलताको शुभकामना दिएका थिए । उदघाटन सत्रमा प्रदेशप्रमुख शेरचनले ब्यानर उडाउनुका साथै खेलकुद मशाल खेलाडीलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा निर्णायकहरुको तर्फबाट पद्मा चोधरी र खेलाडीहरुको तर्फबाट तुलसीराम थारुले सपथ ग्रहण गरेका थिए ।

आज भएको खेलमा तेक्वाण्दो तर्फ रुपन्देही २, दाङ २ तथा बाँके र नवलपरासीले १-१ स्वर्ण पाएका छन् । त्यसैगरि एथ्लेटिक्समा बाँके ४, दाङ ३ स्वर्ण, कपिलवस्तु ३ र बर्दियाले २ स्वर्ण जितेका छन् ।

प्रदेशभरिका १ हजार ८० खेलाडी र १५० अफिसियलहरु प्रतियोगितामा सहभागी रहेका छन् । प्रतियोगिता भोली सम्म चल्ने छ ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ८ : २४ बजे

दोस्रो राष्ट्रिय महिला फुटबल : अभिशेक चर्च अन्तिम चारमा

बुटवल । बुटवलमा जारी दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता–२०८३ अन्तरगत

कोहलपुरमा एक सय आठ घरटहरा हटाइयो

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण

रुपन्देहीमा सार्वजनिक शान्तिमा खलल पुर्याउने ११ जना प्रहरी नियन्त्रणमा

बुटवल । रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुमा शान्ति सुरक्षामा खलल पुर्याउने

पसल काउण्टरबाट पैसा चोर्ने समूहका एकजना पक्राउ

नेपालगन्ज । पसलको काउण्टरबाट पैसा चोर्ने समुहका एकजनालाई आज स्थानीयले

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको