२७ असार २०८२, शुक्रबार | July 11, 2025

लुम्बिनी प्रदेश खेलकुद परिषदको सदस्य सचिवमा तिरण गौतम नियुक्त



दाङ । लुम्बिनी प्रदेश खेलकुद परिषदको सदस्य सचिवमा दाङका तिरण गौतम नियुक्त भएका छन् । बिहिबार बसेको प्रदेश मन्त्रीपरिषदले सदस्य पदमा नियुक्त गरेको गौतमलाई प्रदेश खेलकुद परिषदको सदस्य सचिवमा नियुक्त गरिएको हो ।

बैठकले नियुक्त गरेको ३ जना सदस्यहरु मध्यबाट परिषदको अध्यक्षका हैसियतले प्रदेश सरकारका सामाजिक विकास मन्त्री रत्न खत्रीले सदस्य सचिव नियुक्त गरेका हुन् । खेलकुद परिषद गठन नियमावली अनुसार सामाजिक विकास मन्त्रीको अध्यक्षतामा हुने २५ सदस्सीय परिषदको अन्य सदस्य भने नियुक्तिको प्रक्रियामा रहेको बताइएको छ । मन्त्रीपरिषदको बैठकले बाँकेका दिलबहादुर तामाङ र जनक केसीलाई सदस्य पदमा नियुक्त गरेको छ ।

प्रदेश सत्ता गठबन्धनबाट ७ जना एमालेबाट, ३ जना माओवादी केन्द्रबाट र १-१ जना जसपा र नागरिक उनमुक्तिबाट नियुक्त हुने भागवण्डा भएको मन्त्रालय स्रोतले जनाएको छ । नवनियुक्त सदस्य सचिव र सदस्यहरुलाई आजै मन्त्री खत्रीले सपथग्रहण गराएका छन् ।

खेलकुद विकास सम्बन्धमा बनेको ऐन बमोजिम प्रदेशमा सामाजिक विकास मन्त्री अध्यक्ष रहने गरि सामाजिक विकास मन्त्रालयका सचिव, राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा प्रदेशस्तरीय खेल जगतमा ३ जना,प्रतिष्ठा आर्जन गरेका प्रदेश भित्रका कम्तिमा एक जना महिला खेलाडी सहित पर्ने गरी प्रदेश सरकारवाट मनोनित बढींमा पाँच जना, प्रत्येका जिल्लाबाट एक, एक जना पर्ने गरी प्रदेश सरकारले मनोनिता गरेका बाह्र जना, प्रदेश स्तरका खेलकूद सम्वन्धी संघ संस्थाहरुवाट सिफारिश भई आएका व्यक्तिहरु मध्यवाटा कम्तिमा एक जना महिला पर्ने गरी अध्यक्षले मनोनित गरेका तीन जना, प्रदेश भित्रका विश्व विधालयका खेलकूद तथा विद्यार्थी कल्याण सम्बन्धी कार्य हेर्ने प्रमुखहरु मध्येबाट सम्बन्धित विश्व विद्यालयले सिफारिस गरेका एक एक जनामध्ये प्ररिषद्ले मनोनित गरेका दुईजना तथा सामाजिक विकास मन्त्रालयका युवा तथा खेलकूद महाशाखा प्रमुख सदस्य रहने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  १ : १२ बजे

ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना

काठमाडौं । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा ‘पर्यटन सूचना

अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा जमेका चलचित्र घरेलु बजारमा कमजोर !

काठमाडौँ । पछिल्लो समय नेपाली चलचित्रले अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा आफ्नो

काठमाडौं महानगरको बजेट आइतबार आउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट

माओवादी आन्दोलन बारे डा. बाबुरामका ६ प्रश्न ६ जवाफ

काठमाडौं । माओवादी आन्दोलनसंग जोडिएका तर अहिले विभिन्न धारमा छरिएका

माछापुच्छ्रे बैंकद्वारा महाकाली प्रादेशिक अस्पताललाई वाटर चिलर हस्तान्तरण

काठमाडौं । माछापुच्छ्रे बैंकले सुदुरपश्चिम प्रदेशमा रहेको महाकाली प्रादेशिक अस्पताललाई