४ पुस २०८२, शुक्रबार | December 20, 2025

एमालेको माग – झापामा केपी ओलीमाथि भएको आक्रमणको जवाफ प्रधानमन्त्रीले दिनुपर्छ



काठमाडौं । नेकपा एमालेले आफ्ना अध्यक्षमाथि झापामा सुनियोजित आक्रमण भएको आरोप लगाउँदै प्रधानमन्त्रीले संसदमा आएर जवाफ दिनुपर्ने माग गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा एमाले सांसद विष्णु पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित आफ्ना नेताहरुमाथि भएको आक्रमणबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका हुन् ।

बैठकको विशेष समयमा बोल्दै पौडेलले १३ वैशाखमा झापमा ओलीसहित सुवास नेम्वाङसहित एमालेका नेतामाथि आक्रमण भएको विषयमा गृहमन्त्रीको जवाफप्रति चित्त बुझाउन नसकिने प्रष्ट पारे । उनले आक्रमणमा सत्तारुढ दलका कार्यकर्ताहरुको सुनियोजित संलग्नता रहेको आफुहरुले थाहा पाएको बताउँदै त्यसबारे प्रधानमन्त्रीले नै संसदमा आएर जवाफ दिनुपर्ने माग गरे ।

अध्यक्ष ओली पाँचथरमा रहेका र त्यहाँको शान्ति सुरक्षा राम्रो नभएकाले कुनै अप्रिय घटना भए सरकारलाई महंगो पर्ने उनले चेतावनी दिए । उनले भने, ‘अध्यक्ष ओली र एमालेका नेतामाथि आक्रमण गरेर सरकारले के गर्न खोजेको हो ?’

नेतामात्र होइन आमनागरिकमाथि आक्रमण भएको र हत्या भएको भन्दै उनले सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको हो भन्दै प्रधानमन्त्रीसँग प्रश्न गरे ।

दिनदहाडै कपनमा पसलमै निरा पाण्डे आचार्यको हत्या भएको र हत्यारा पत्ता लगाउन नसकेको भन्दै उनले देशभर सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको बताए ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ३ : १२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको