१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

एमालेको माग – झापामा केपी ओलीमाथि भएको आक्रमणको जवाफ प्रधानमन्त्रीले दिनुपर्छ



काठमाडौं । नेकपा एमालेले आफ्ना अध्यक्षमाथि झापामा सुनियोजित आक्रमण भएको आरोप लगाउँदै प्रधानमन्त्रीले संसदमा आएर जवाफ दिनुपर्ने माग गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा एमाले सांसद विष्णु पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित आफ्ना नेताहरुमाथि भएको आक्रमणबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका हुन् ।

बैठकको विशेष समयमा बोल्दै पौडेलले १३ वैशाखमा झापमा ओलीसहित सुवास नेम्वाङसहित एमालेका नेतामाथि आक्रमण भएको विषयमा गृहमन्त्रीको जवाफप्रति चित्त बुझाउन नसकिने प्रष्ट पारे । उनले आक्रमणमा सत्तारुढ दलका कार्यकर्ताहरुको सुनियोजित संलग्नता रहेको आफुहरुले थाहा पाएको बताउँदै त्यसबारे प्रधानमन्त्रीले नै संसदमा आएर जवाफ दिनुपर्ने माग गरे ।

अध्यक्ष ओली पाँचथरमा रहेका र त्यहाँको शान्ति सुरक्षा राम्रो नभएकाले कुनै अप्रिय घटना भए सरकारलाई महंगो पर्ने उनले चेतावनी दिए । उनले भने, ‘अध्यक्ष ओली र एमालेका नेतामाथि आक्रमण गरेर सरकारले के गर्न खोजेको हो ?’

नेतामात्र होइन आमनागरिकमाथि आक्रमण भएको र हत्या भएको भन्दै उनले सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको हो भन्दै प्रधानमन्त्रीसँग प्रश्न गरे ।

दिनदहाडै कपनमा पसलमै निरा पाण्डे आचार्यको हत्या भएको र हत्यारा पत्ता लगाउन नसकेको भन्दै उनले देशभर सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको बताए ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ३ : १२ बजे

खजुरा क्यान्सर अस्पतालका बिग्रेका उपकरणहरु राष्ट्रिय आविस्कार केन्द्रले मरमत गरिदिने

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल

शैक्षिक परामर्श व्यवसायीद्वारा काठमाडौंमा प्रदर्शन

काठमाडौं । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)ले शैक्षिक परामर्श, भाषा

मुख्य निकास साँघुरिँदा उपत्यकामा बढ्यो डुबानको सास्ती

काठमाडौं । अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको

आर्थिक वर्षको पहिलो दिन नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बुम

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन धितोपत्र बजारमा सेयर

पैचो पसल पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण, १२ वर्षको विश्वास अब नयाँ उचाइमा

काठमाडौं। नेपाली कृषि, ग्रामीण उद्यमशीलता र स्वदेशी उत्पादनको मूल्य अभिवृद्धिलाई