२५ मंसिर २०८२, बिहिबार | December 12, 2025

मुलपानी मैदानमा पहिलो पटक ओडिआई मान्यता खेल हुदैँ



काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयको खेल मैदानले एकदिवसीय (ओडिआई) मान्यता प्राप्त गरेको तीनबर्ष पछि मुलपानी मैदानले पनि सो मान्यता प्राप्त गरेको छ ।

त्रिभुवन विश्वविद्यालयको खेल मैदानले सन २०२० मा सो मान्यता पाएको थियो । सो मान्यतासँगै आज मुलपानी मैदानमा पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त सेमिफाइनल खेल हुनेछन् ।

जारी एसिसी प्रिमियर कपको आज हुने ओमान र युएई बीचको सेमिफाइनल खेलसँगै मुलपानीमा पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल हुन लागेको हो ।

युएई ४ खेलमा ३ मा जित र १ हारसहित ६ अंकका साथ शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको हो भने ओमान ४ खेलमा ३ जित र १ हारका साथ ६ अंकका साथ समुह ए बाट उपबिजेता बन्दै सेमिफाइनलको यात्रा सुरक्षित गरेको हो ।

नेपाल क्रिकेट संघका अनुसार सेमिफाइनलमा पुगेका ओमान र युएई एकदिवसीय मान्यता प्राप्त देश भएकाले दुई बीच हुने खेललाई पनि एकदिवसीय मान्यता प्रदान हुने भएसँगै मुलपानी मैदानले ओआइडी मान्यता प्राप्त गरेको हो ।

यसअघि मुलपानीमा समूह चरणका १० खेलवटा खेल भए पनि कुनै पनि खेल एकदिवसीय मान्यता प्राप्त थिएनन् । तर शनिबार एकदिवसीय मान्यता प्राप्त दुई देश सेमिफाइनलमा भिड्ने भए सँगै मैदानले पनि एकदिवसीय मान्यता पाएको क्यानले जनाएको छ ।

मुलपानी मैदान एकदिवसीय मान्यता प्राप्त गर्ने नेपालको दोस्रो मैदान हो । यसअघि सन् २०२० मा त्रिवि मैदानले एकदिवसीय मान्यता पाएको थियो ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ७ : ३६ बजे

पाल्पामा ज्येष्ठ नागरिक स्कुल सञ्चालन

पाल्पा । यहाँको रामपुर नगरपालिका–५, स्थित रामघाटमा ज्येष्ठ नागरिक स्कुल

‘पार्टीमा विद्यमान व्यक्तिवादी चिन्तन अन्त्य गर्न नयाँ नेतृत्व आवश्यक’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीलाई

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको

चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं : मन्त्री घिसिङ

वीरगन्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात