४ पुस २०८२, शुक्रबार | December 20, 2025

कपिलवस्तुमा जनता समाजवादी पार्टीको विरोध प्रर्दशन



कपिलवस्तु । कपिलवस्तु जिल्ला सदरमुकाम तौलिहवामा जनता समाजवादी पार्टीले सरकारको विरुद्ध विरोध सभा गरेको छ ।

सरकारले ल्याएको नागरीकता संसोधन विरुद्ध जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र पेश गर्दे विरोध प्रदर्शन गरेका छन् ।

नेपाली नागरिकसँग वैवाहिक सम्वन्ध कायम गरेका र नेपालमै स्थायी रुपमा बसोवास गरेका विदेशी नागरिकले आफ्नो मुलुकको नागरिकता परित्याग गर्ने कारवाही चलाएको प्रमाणको आधारमा वैवाहिक अगिकृत नेपाली नागरिकता प्रदान गर्ने व्यवस्था मिलाउन उनीहरुले माग गरे ।

यसैगरी, लैगिक विभेद अन्त्य गरी पुर्ण समानता कायम गराउन, गोर्खा भर्तीमार्फत विदेशी सेनामा कार्यरतहरुको सन्तानलाई गैरनागरिक बनाउने प्रवधान हटाई तिनीहरुलाई नागरिकता दिने व्यवस्था मिलाउन माग राखिएको छ ।

यस्तै यौनिक तथा लैगिंक अल्पसंख्यकहरु लाई नागरिकताको लागी लैगिंक परिक्षण गर्नुपर्ने प्रावधान हटाउन तथा उनि हरुले स्वघोषणा गरेको लैर्गिक पहिचानलाई मान्यता दिइ नागकिता प्रदान गर्न व्यवस्था गर्न ज्ञापन पत्रमा उल्लेख छ ।

सम्पुर्ण नागरिकहरुलाई समान व्यवहार गरी राज्यका सवै नागरिकहरुको अभिभावक बन्न सरकारलाई आग्रह गरेको पुर्व समाजवादी पार्टीका अध्यक्ष शैलेन्द यादवले बताए ।

यस्तै गरी विभेद ,निषेध र बहिष्करण कायमै रहने हो भने जनताको आन्दोलित हुने अधिकार कसैले रोक्न नसक्ने पुर्व राष्टिय जनता पार्टीका अध्यक्ष कैलाश अग्रहरीले बताए । ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ७ : २३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको