१ श्रावण २०८३, शुक्रबार | July 18, 2026

नेपालमा अझैँ तीन दिनसम्म वर्षा हुने



काठमाडौं । नेपालमा अझैँ तीन दिन वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावका कारण मौसम बदली भइ पानी परिरहेको हो ।

आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाको भनाइ छ । मौसमविद् गोविन्द झाका अनुसार आज पहाडीसहित तराईका जिल्लामा दिउँसो पछि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

काठमाडौंमा दिउँसो ११-१२ बजेपछि पानी पर्ने सम्भावना रहेको मौसमविद् झाले बताए । आज तराईका जिल्लामा हावाहुरीसमेत चल्ने उनले बताए । दुई दिनयता देशका धेरै ठाउँमा वर्षा भइरहेको छ ।

यो क्रम पर्सि बुधवारसम्म नै रहने अनुमान गरिएको छ । भरे बेलुका फेरि पश्चिमी क्षेत्रबाट अर्को प्रणाली भित्रने सम्भावना रहेकाले पर्सिसम्म नै मौसम बदली भइ धेरै ठाउँमा पानी पर्ने मौसमविद् गोविन्द झाले जानकारी दिए ।

पानी पर्न थालेसँगै अधिकतम तापक्रम केही घटेको छ। यसले तराईका जिल्लामा गर्मी कम भएको छ । काठमाडौंमा भने चिसो बढेको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ८ : ४५ बजे

सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति

काठमाडौँ । सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति भएको

स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोड बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष

काठमाडौँ । नेपाल टेलिभिजन (हाल, सार्वजनिक सेवा प्रसारण संस्था) को

एमाले उपाध्यक्ष पौडेललाई साधारण तारेखमा छाड्न आदेश

काठमाडौँ । विशेष अदालतले नेपाली कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष

खजुरा क्यान्सर अस्पतालमा आजबाट लिक्विड अक्सिजन प्लान्ट संचालनमा

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा

खजुरा क्यान्सर अस्पतालका बिग्रेका उपकरणहरु राष्ट्रिय आविस्कार केन्द्रले मरमत गरिदिने

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल