३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

बाँकेको कोहलपुरमा देखियो डेङ्गीको संक्रमण



नेपालगन्ज । बाँकेको कोहलपुरमा ५ जनामा डेङ्गीको संक्रमण देखिएको छ । कोहलपुर नगरपालिकाको नगर अस्पतालको प्रयोगशालामा परिक्षण गरिएका मध्ये ५ जनामा डेङ्गी संक्रमण देखिएको हो ।

डेङ्गी संक्रमण पुष्टि भएकाहरुमा १ जना पुरुष र ४ जना महिला रहेको अस्पतालका प्रयोगशाला इन्चार्ज दिपक शर्माले जानकारी दिए । शर्माका अनुसार कोहलपुर नगरपालिका वडा न. २ का २ जना, वडा न.५ ,११ र १४ का १÷ १ जना गरि ५ जनामा डेङ्गी संक्रमण देखिएको हो । उनीहरु सबैमा लक्षण चिन्ह देखिएको छ ।

संक्रमित बिरामीलाई अस्पतालको निगरानीमा राखेर उपचारसँगै परामर्श दिइएको अस्पतालका डा.रबी शर्मा वाग्लेले बताए । उनका अनुसार बिरामीको स्वास्थ्य अवस्था सुधार भैरहेको छ ।

डेङ्गी एक प्रकारको भाइरसबाट लाग्ने रोग हो । यो एडीस प्रजातिको एडीस एजिप्टी र एडीस एल्बोपेक्टस नामको पोथी लामखुट्टेबाट मानिसमा सर्छ ।

यो प्रजातिका लामखुट्टेले डेङ्गी रोग भएको मानिसलाई टोकेमा ती भाइरस उक्त लामखुट्टेको पेटमा पुग्दछन् र फेरि स्वस्थ व्यक्तिलाई टोक्दा ती भाइरस स्वस्थ्य मानिसको शरीरमा प्रवेश गर्दछन् र ३ देखि ७ दिनसम्ममा स्वस्थ मानिसमा पनि रोगका लक्षण देखाउन थाल्दछन् ।

डेङ्गी सिधै एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने चिकित्सकहरुले बताएका छन् । यो रोग सार्नको लागि माध्यम लामखुट्टे नै हो । डेङ्गी लामखुट्टे सङ्लो सफा, जमेको पानीमा बसेर प्रजनन् क्रिया तीव्र बनाउने हुन्छ ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  १० : ११ बजे

बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका

विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

काठमाडौं । आज विश्व रक्तदाता दिवस हो । ‘मानवताका लागि

हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु

झापा । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जादै

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज चारदिने औपचारिक भ्रमणका लागि