२ पुस २०८२, बुधबार | December 17, 2025

नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्व हुनुपर्छ : शेखर कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्व हुनुपर्नेमा जोड दिएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै नेता कोइरालाले श्रमिकको हक, हित र अधिकार अगाडि बढाउन नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्व हुनुपर्ने बताएका हुन् ।

“राज्यको नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्व गर्न सकेमात्र श्रमिकको अधिकार स्थापित हुन्छ,”– उनले भनेका छन्, “अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था हुन सकेमात्र उनीहरूले न्याय पाउँछन् ।”सम्पूर्ण श्रमिकको समस्या समाधान गर्न सरकारी तवरबाटै श्रम आयोग गठन गर्नसमेत नेता डा कोइरालाले माग गरेका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  १ : ४२ बजे

३ बजे सम्ममा ६५० मत खस्यो, राति १० बजे मतदान सकिने अनुमान

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व