१ श्रावण २०८३, शुक्रबार | July 18, 2026

रास्वपाको पार्टी कार्यालयमा साइकल प्रवेश निषेध, साइकल भित्रिन नदिएपछि पुस्कर शाह घर फर्के



काठमाडौं । पछिल्लो समय राजनीतिमा चर्चाको शिखरमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी कार्यालयमा साइकल चढेर जानेहरुलाई प्रवेश निषेध गरिएको छ । साइकल चढेर रास्वपाका नेता भेट्न पुगेका विश्व साइकल यात्री पुस्कर शाहलाई सायकलमा गएकै कारण रास्वपाको बसुन्धरा स्थित पार्टी कार्यालयमा प्रवेश निषेध गरिएको हो ।

आज बिहानै रास्वपाका उपाध्यक्ष डीपी अर्यालले चिया खान बोलाएर पार्टी कार्यालयमा भेट्न पुगेका शाहलाई साइकल सहित कार्यालय प्रवेश गर्न नदिइएको शाहले बताएका छन् । सामाजिक सञ्जालमा घण्टीघरको कथा भन्दै आफुले साइकल लिएर गएका कारण कार्यालयको हातामा पस्न नदिएको शाहले लेखेका छन् ।

‘माननीय डि पि अर्याल. राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्षले चिया गफको लागि बिहान निम्ता दिनुभएको थियो ।अध्यक्ष ज्युलाई नि भेट्नु पर्‍यो भनेर पुरानो कोट भिरेर सिमसिम पानीमा भिज्दै घन्टी घर बसुन्धारा पुगेँ । पालेज्युले साइकललाई घन्टी घर भित्र प्रबेश छैन भन्नु भो,’ शाहले लेखेका छन्, ‘ढोका खुल्लै देखेर म साइकल लिएरै भित्र पसेँ । भित्र मोटर साइकल चै छिर्न दिइएको रैछ । मैले त्यो बारे प्रश्न गरेँ । पालेले गाडी र मोटर साइकल त पाउँछ भने ।’

शाहले त्यसपछि आफु अधिकारीलाई नभेटी फर्केको पनि उल्लेख गरेका छन् । पुस्कर अगाडी लेख्छन्, ‘पालेज्युको आदेश मानेर म बाहिर निस्केँ । माननिय डि पि अर्याललाई फोन गरेँ, फोन उठेन । थोत्रो कोट भिजाउँदै घर फर्केँ । झ्याक्ने साइकले जिन्नगी…।’

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ७ : ०१ बजे

सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति

काठमाडौँ । सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति भएको

स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोड बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष

काठमाडौँ । नेपाल टेलिभिजन (हाल, सार्वजनिक सेवा प्रसारण संस्था) को

एमाले उपाध्यक्ष पौडेललाई साधारण तारेखमा छाड्न आदेश

काठमाडौँ । विशेष अदालतले नेपाली कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष

खजुरा क्यान्सर अस्पतालमा आजबाट लिक्विड अक्सिजन प्लान्ट संचालनमा

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा

खजुरा क्यान्सर अस्पतालका बिग्रेका उपकरणहरु राष्ट्रिय आविस्कार केन्द्रले मरमत गरिदिने

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल