काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक शम्भु थापाको उपचारको क्रममा मंगलबार निधन भएको छ ।
चालक थापा ४ वैशाखमा सभापति लामिछानेको चितवनस्थित घरको छतबाट खसेर घाइते भएका थिए । मदिरा पिएर कोठामा सुत्न गएका चालक थापालाई छतबाट खसेको भन्नु रहस्यमय भएको बताइएको छ । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ का ३९ वर्षीय चालक थापाको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
चुनावको तिब्र ब्यस्तताको अवधिमा मध्यरातीसम्म मदिरा सेवन गरेर छतबाट खसेको आरोप लगाइएपनि घटना रहश्यमय भएको बताइएको छ । चुनावी सरगर्मी उच्च बिन्दुमा पुगेको र अर्कोदिन रविलाई निर्वाचनको कार्यक्रममा लिएर हिँड्नु पर्ने चालकले मध्यराती २ बजे सम्म मदिरा पिएको भन्नु नै पत्याउन नसकिने चितवनका एक स्थानीयले बताए ।
भरतपुरमा प्रारम्भिक उपचारपछि ५ वैशाखमा थापालाई हेलिकप्टरमार्फत् काठमाडौं ल्याएर भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो । उनको टाउकोमा गहिरो चोट लागेको थियो ।
अनुसन्धानका लागि भन्दै रास्वपाका प्रवक्ता मुकुट ढकालको चालकलाई प्रहरीले सोधपुछ गरेपनि घटनाको बारेमा प्रहरीले थप कुनै जानकारी दिएको छैन ।



















प्रतिक्रिया