२ श्रावण २०८३, शनिबार | July 18, 2026

रवि लामिछानेका सवारी चालक थापाको उपचारको क्रममा निधन



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक शम्भु थापाको उपचारको क्रममा मंगलबार निधन भएको छ ।

चालक थापा ४ वैशाखमा सभापति लामिछानेको चितवनस्थित घरको छतबाट खसेर घाइते भएका थिए । मदिरा पिएर कोठामा सुत्न गएका चालक थापालाई छतबाट खसेको भन्नु रहस्यमय भएको बताइएको छ । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ का ३९ वर्षीय चालक थापाको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

चुनावको तिब्र ब्यस्तताको अवधिमा मध्यरातीसम्म मदिरा सेवन गरेर छतबाट खसेको आरोप लगाइएपनि घटना रहश्यमय भएको बताइएको छ । चुनावी सरगर्मी उच्च बिन्दुमा पुगेको र अर्कोदिन रविलाई निर्वाचनको कार्यक्रममा लिएर हिँड्नु पर्ने चालकले मध्यराती २ बजे सम्म मदिरा पिएको भन्नु नै पत्याउन नसकिने चितवनका एक स्थानीयले बताए ।

भरतपुरमा प्रारम्भिक उपचारपछि ५ वैशाखमा थापालाई हेलिकप्टरमार्फत् काठमाडौं ल्याएर भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो । उनको टाउकोमा गहिरो चोट लागेको थियो ।

अनुसन्धानका लागि भन्दै रास्वपाका प्रवक्ता मुकुट ढकालको चालकलाई प्रहरीले सोधपुछ गरेपनि घटनाको बारेमा प्रहरीले थप कुनै जानकारी दिएको छैन ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ४ : २९ बजे

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न

‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा

चुरियामाई सुुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै

बागमती । हेटौँडा उपमहानगरपालिकाले दक्षिण एसियाकै पहिलो ऐतिहासिक सुरुङका रूपमा

सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति

काठमाडौँ । सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति भएको

स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोड बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष

काठमाडौँ । नेपाल टेलिभिजन (हाल, सार्वजनिक सेवा प्रसारण संस्था) को