२ चैत्र २०८२, सोमबार | March 17, 2026

‘पूर्ण प्रेस स्वतन्त्रताको उपयोग हुन सकेन’



काठमाडौं । नेपालको संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको ‘ग्यारेन्टी’ गरिएको भए पनि त्योअनुसार कानुनहरु बन्न नसक्दा अहिले पनि प्रेस स्वतन्त्रताको पूर्णरुपमा उपयोग गर्न नपाएको जानकारहरूले बताएका छन् ।

फ्रिडम फोरम नेपालले विश्व प्रेस स्वतन्त्रता दिवसमा अवसरमा आज आयोजना गरेको ‘प्रेस स्वतन्त्रताको अवस्था स् चुनौती’ विषयक अन्तरक्रियाका वक्ताहरूले पूर्ण प्रेस स्वतन्त्रताको उपयोग गर्न नपाएको बताइएका हुन् ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले प्रेसले अहिले पनि ढुक्क रुपमा काम गर्न सक्ने अवस्था नभएको हुँदा प्रेस स्वतन्त्राका लागि अझै आवाज उठाउन जरुरी रहेको बताए । उनले संविधानअनुसार कानुनहरु बन्न नसकेको र भएका कानुनको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा कुन्दन अर्यालले विश्व पत्रकारिता दिवसका अवसरमा नेपालमा प्रेस स्वतन्त्रताको अवस्थाबारे समीक्षा पनि गर्नुपर्ने जरुरी भएको र आगामी दिनमा प्रेस स्वतन्त्रताको उपयोग गर्ने विषयमा संविधानले नै ग्यारेन्टी गरेको बताए । उनले संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेसँगै भएका कानुनको कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिए ।

राष्ट्रिय समाचार समितिका अध्यक्ष धमेन्द्र झाले प्रेसलाई साझा र स्वतन्त्र संस्थाको रुपमा प्रेसलाई उभ्याउनुपर्ने र प्रेस स्वतन्त्रतासम्बन्धी कानुनहरुको प्रभावकारी रुपमा कार्यान्वयन गरेर जानुपर्नेमा जोड दिए ।

फ्रिडम फोरमको प्रतिवेदनअनुसार प्रेस स्वतन्त्रता उल्लङ्घनका कूल सङ्ख्यामा कमी आए पनि धम्की दिने प्रवृत्ति यथावत रहेको उल्लेख छ । सन् २०२२ को मे देखि २०२३ अप्रिलसम्म दर्ता भएका उल्लङ्घनका ४० घटनामा आठ महिला र चार मिडिया हाउससहित ७९ सञ्चारकर्मी प्रभावित भएका छन् । अघिल्लो वर्ष ५५ घटनामा ९३ सञ्चारकर्मी प्रभावित भएका थिए ।

यस वर्ष प्रभावित ७९ सञ्चारकर्मीमध्ये २९ जनाले अवरोध/तोडफोडको सामना गर्नुपरेको छ । त्यस्तै, २२ माथि आक्रमण भएको छ भने १६ जनाले मौखिक रूपमा दुव्र्यवहार, आठ जनाले धम्की वा ज्यान मार्ने धम्की र चार जना पक्राउरहिरासतमा परेका छन् । त्यस्तै तीन मिडिया हाउसमा आक्रमण भएको छ भने एकमा तोडफोड भएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ९ : २७ बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित