६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

अन्तसंघर्ष चर्किएपछि नेकपा स्थायी कमिटी बैठक प्रभावित, बिहीबारसम्म बैठक स्थगित



काठमाडौं । पार्टीभित्रको अन्तसंघर्ष नाटकीय रुपमा मंगलबारदेखि तिब्र बनेपछि नेपाल कम्युनिष्ट पार्टी नेकपाको जारी स्थायी कमिटी बैठक स्थगित भएको छ ।

बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ । आजको बैठक सुरु भए लगत्तै लिलामणि पोखरेल, मातृका यादव र एनके प्रसाईं बोलेपछि बैठक स्थगित भएको एक नेताले बताए ।

मंगलबारको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अन्य नेताहरुबीच गम्भीर मतभेद देखिएपछि नेकपाभित्र संकट उत्पन्न हुँदै गएको छ । नियमित एजेण्डा भन्दा बाहिर प्रधानमन्त्रीको अभिव्यक्तिमाथि नेताहरुले मंगलबारको बैठकमा छलफल गरेका थिए ।

यो विषय नसुल्झिएसम्म नेकपाभित्रको अन्तसंघर्षका तत्कालका लागि साम्य हुने देखिँदैन । बैठकबाट पार नलाग्ने देखिएपछि स्थगित भएको एक नेताले बताए । उनले भने, शिर्ष नेतृत्व तहबीच चरम आशंका व्याप्त रहेको अवस्थामा आपसी छलफल जरुरी देखियो । त्यसैले भोलिसम्मका लागि बैठक स्थगित भयो ।

यसअघि, बुधबार बिहान प्रधानमन्त्री ओलीले केही मन्त्री र निकट नेताहरुसँग छलफल गरेका थिए । छलफलमा सहभागीले पार्टी अध्यक्षद्वय र शिर्ष नेतृत्वबीच आपसी विश्वास, सहमति र समझदारी नभए पार्टी विघटन हुने भन्दै चिन्ता व्यक्त गरेका थिए ।

यतिबेला पार्टीमा तलमाथि केही भयो भने त्यो कम्युनिष्ट आन्दोलन र देशका लागि गम्भीर क्षति हुने भन्दै उनीहरुले समझदारीका साथ अघि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिएका थिए ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  १२ : ५५ बजे

चीनको मरुभूमिमा फस्टाएको सीमापार मित्रता

बेइजिङ । अमेरिकी इतिहासका सेवानिवृत्त शिक्षक रोनाल्ड साकोल्स्की र चिनियाँ

हानि-नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन

नेपाली महिला ‘यु-१९’ क्रिकेट टोलीले दुई अन्तरराष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौं । नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौं । दसैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौं । दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा