४ चैत्र २०८२, बुधबार | March 18, 2026

टर्कीका राजदूतको गाडीमा गोली प्रहार



खार्तुम । सुडानमा टर्कीका राजदूत इस्माइल कोबानोग्लुको गाडीमा शनिबार गोली प्रहार भएको छ । उक्त घटनामा सुडानी सेना र अर्धसैनिक र्यानपिड सपोर्ट फोर्स (आरएसएफ) ले एकापसमा दोषारोपण गरेका छन् ।

“आज विद्रोही मिलिसियाले टर्कीका राजदूतको कारमा गोली हानेर उनलाई नियन्त्रण लिएको बताएको छ भने अर्को पक्षले सशस्त्र सेनाले यस्तो गरेको दाबी गरेको छ ।

यसैबीच आरएसएफले राजधानी खार्तूममा टर्कीका राजदूतको कारमा गोली चलाउने सेना नै भएको दाबी गरेको छ र उक्त कार्यलाई “कूटनीतिक नियोगको सुरक्षाका लागि सबै अन्तरराष्ट्रिय मान्यता र सम्झौताहरूको स्पष्ट उल्लङ्घन गर्ने कायरतापूर्ण कदम” भनेको छ । विज्ञप्ति अनुसार आरएसएफले “राजदूत र उनको प्रतिनिधिमण्डललाई सुरक्षित स्थानमा निकाल्न सफल भएको छ ।”

अप्रिल १५ मा सेना र आरएसएफबीच खार्तुम र अन्य क्षेत्रमा भएको घातक झडपको विष्फोटपछि सुडानले विदेशी नागरिक र कूटनीतिज्ञहरूलाई ठूलो मात्रामा बाहिरिएका छन् । सुडानको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म घातक झडपमा कम्तीमा ५५० जनाको मृत्यु भएको छ भने ४,९२६ जना घाइते भएका छन् ।

 

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  १२ : ३९ बजे

जग्गा विवादमा छोराले गरे आमाको हत्या

कञ्चनपुर । दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५

लागुऔषधसहित सात जना पक्राउ

भद्रपुर । लागुऔषध खैरो हिरोइनसहित सात जना पक्राउ परेका छन्

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ ।

आगामी साता नयाँ सरकार गठन हुनसक्छ : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आउँदो हप्ताभित्र नयाँ सरकार गठन

नौ करोड दुई लाखमा बन्यो फलेवास नगरपालिकाको भवन

पर्वत । सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत