३० माघ २०८१, बुधबार | February 12, 2025

टर्कीको होटलमा आगलागीमा परी ६६ जनाले गुमाए ज्यान



टर्की । टर्कीको एक होटलमा भएको आगलागीमा परी ज्यान गुमाउनेको संख्या ६६ पुगेको छ । मुलुकको उत्तरपश्चिममा अवस्थित एक स्की रिसोर्ट होटलमा मंगलबार भएको आगलागीमा परी कम्तीमा ६६ जनाको मृत्यु भएको र ५१ जना घाइते भएको आन्तरिक मन्त्रालयले जनाएको छ ।

स्थानीय समय अनुसार बिहान ३ः२७ बजे बोलु प्रान्तको कार्तलकाया रिसोर्टमा रहेको एउटा होटलमा आगलागी भएको थियो । ‘हामी गहिरो पीडामा छौं, यस होटलमा भएको आगलागीमा हामीले दुर्भाग्यवश ६६ जनाको ज्यान गुमाएका छौं,’ सरकारका प्रतिनिधि यर्लिकायाले मंगलबार पत्रकारहरूसँग भने ।

‘केही हताश व्यक्तिहरू भाग्नको लागि झ्यालबाट हाम फाल्ने प्रयास गरेका पनि थिए,’ अधिकारीहरूले भने, ‘तर, आगोले माथिल्लो तला पनि समेटि दिएपछि अवस्था झन् नाजुक बन्न पुग्यो ।’

केही भिडियो फुटेजमा जलेको भवनको वरिपरि खैरो धुवाँको मुस्लो देखिएको छ । रिसोर्ट जाडोमा छुट्टी मनाउनेहरूका लागि लोकप्रिय गन्तव्य हो। विशेषगरी स्कुल बिदामा यहाँ परिवारसहित धेरै पटक आउजाउँ गर्ने गर्छन् । जुन जनवरीदेखि फेब्रुअरीको पहिलो हप्तासम्म धेरै नै चल्छ ।

सो होटलमा करिब २३४ जना पाहुना बसेको स्थानीय  गभर्नर अब्दुलअजीज अयदिनले राज्य सञ्चालित समाचार एजेन्सी अनादोलुसँग भने । सो भवनबाट हाम फालेका पीडितमध्ये दुई जनाको मृत्यु भएको छ । उनका अनुसार आगो नियन्त्रण गर्नका लागि २६७ आपतकालीन कर्मचारी परिचालन गरिएको थियो ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ९ : ०८ बजे

झापामा महिलाको शव फेला

झापा । झापाको शिवसताक्षी नगरपालिका-११ दुधेमा एक महिलाको शव नग्न

आजको मौसम : देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायम

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको

भक्तजनद्वारा पशुपतिनाथको छायाँ दर्शन

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल चतुर्दशीका दिन मनाइने पशुपतिनाथको

श्री स्वस्थानी व्रत समापन गरिँदै

काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो

खुकुरी प्रहार गरी दुई जनाको हत्या, आरोपित व्यक्तिको शव भेटियो

रूकुम पश्चिम । रूकुम पूर्वको भूमे गाउँपालिका–४ को साकिममा आठ